२ वैशाख २०८२ मंगलबार
image/svg+xml २०:१२ अपराह्न

भैरहवामा अन्तर्राष्ट्रिय उडान रोकिँदा पोखरालाई घाटा

भैरहवामा भईरहेका अन्तर्राष्ट्रिय उडान एकमहिनामै रोकिएपछि त्यसको असर आन्तरिक उडानमा पनि परिसकेको छ। अहिले पोखरा–भैरहवा उडान गरिरहेका आन्तरिक हवाई कम्पनिले उडान संख्या कटौती गरिसकेका छन्। बुद्ध एयरले उडान कटौती गरेर एउटामा झारेको छ भने यतीले उडान नै रोकेको छ। त्यत्ति मात्र नभई भैरहवा हुँदै विदेशी पर्यटक पोखरा भित्रिने अपेक्षा गरेका पोखराका पर्यटन व्यावसायी भैरहवासम्मका अन्तर्राष्ट्रिय उडान कटौती भएपछि निराश बनेका छन्।

पोखरा–भैरहवा उडानः भैरहवा ओर्लेका पर्यटकलाई पोखरा ल्याउन सहज

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने अन्तर्राष्ट्रिय हवाई कम्पनि थपिँदै जान थालेपछि पर्यटकीय सहर पोखरालाई भैरहवासँग जोड्नेगरि आन्तरिक हवाई कम्पनिले पोखरा–भैरहवा रुटमा पनि उडान थालेका छन्। निजी क्षेत्रका बुद्ध र यती एयरलाइन्सले पोखरा–भैरहवा–पोखरा रुटमा उडान सुरु गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्