११ कार्तिक २०८१ आइतबार
image/svg+xml

न्युजिल्याण्डका अलराउण्डर जिम्मी जनकपुर बोल्ट्सबाट खेल्ने

जनकपुर बोल्ट्सले न्युजिल्याण्डका अलराउण्डर जिम्मी निसमलाई अनुबन्ध गरेको छ।

स्काउटमा नियमविपरीत सचिव नियुक्त

राष्ट्रिय सचिवको व्यवस्था भएको ऐन संशोधन प्रक्रियामा रहेको अवस्थामा नियमावलीले खारेज गरिसकेको राष्ट्रिय सचिवसम्बन्धी व्यवस्था ब्युँताउन खोजिएको छ। मन्त्री चौधरीको ठाडो निर्देशनमा नियमावलीमै नभएको राष्ट्रिय सचिवमा शिवराम अर्याललाई नियुक्त गरिएको हो।

अन्तरदेशीय पेट्रोलियम पाइपलाइनबाट डेढ महिना भित्र पेट्रोल आयात हुने

नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइनबाट अबको डेढ महिनमा पेट्रोल पनि आयात हुने भएको छ।

नेपाल औषधि लिमिडेटले भन्योः बजारमा सिटामोलको अभाव छैन

लिमिटेडले डेङ्गी सङ्क्रमण बढेको अवस्थामा बजारमा सिटामोलको अभाव रहेको जनगुनासोको सम्बन्धमा ध्यानाकर्षण भएको भन्दै सिटामोल अभाव नरहेको प्रष्ट पारेको हो।

रास्वपा कार्यकर्ताले राज्यका तटस्थ निकायलाई आतङ्कित तथा त्रसित बनाए: नेपाली कांग्रेस

नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका समर्थकहरूले हुल–हुज्जत र सडक प्रदर्शन गरेर न्यायिक प्रक्रियाको प्रारम्भिक अनुसन्धानलाई प्रभावित पार्ने काम गरिरहेको आरोप लगाएको छ।

सरकारले कुलमान घिसिङलाई हटाउनुपर्ने आवश्यकताको महसुस गरेको छैन: मन्त्री खड्का

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले डेडिकेटेड लाइनको बक्यौता उठाउने सम्बन्धमा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणका बीचमा मतभेद नभएको बताएका छन्।

नेदरल्याण्ड्सका लेभिटले एनपीएलमा काठमाडौं गुर्खाजबाट खेल्ने

नेदरल्याण्ड्सका ब्याट्म्यान माइकल लेभिट काठमाडौं गुर्खाजबाट खेल्ने भएका छन्।

वेस्ट इण्डिजका एन्डरसन पोखरा एभेन्जर्समा अनुबन्ध

नेपाल प्रिमियर लिग (एनपिएल) को लागि पोखरा एभेन्जर्सले तेस्रो विदेशी खेलाडीको रुपमा फिलिपलाई भित्र्याएको हो।

माओवादी एसिया महादेश समितिबाट बाढीपीडितलाई आठ लाख सहयोग

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) एसिया महादेश सङ्गठन समन्वय समितिले बाढी, पहिरोपीडितका लागि आठ लाख ३८ हजार तीन सय सहयोग गरेको छ । समितिले मंगलबार पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई सो रकमको चेक हस्तान्तरण गरेको हो।

बिमा गर्न बाध्य बनाउने गरी कानुनी प्रबन्ध गर्दैछौं: अध्यक्ष सिलवाल

नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बिमा गर्न बाध्य बनाउने गरी कानुनी प्रबन्ध गर्न सरकारसँग आग्रह गरेको बताएका छन्।

जुवामा धमिलिँदै ‘प्रहरी छवी’

प्रहरीमाथि जुवालाई संरक्षण गरेको आरोप लागिरहेका बेला गत आइतबार मध्यरातमा ठुलै योजना बनाई सुरक्षा निकायका प्रमुखसहित दलबल लगेर कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र आफै पुग्नु परेको घटनाले जुवा संरक्षणमा प्रहरीको संलग्नतालाई पुष्टि गरेको छ।

अझै अनिर्णयको बन्दी पञ्चेश्वर आयोजना

महाकाली सीमा नदी हुनुको नाताले नेपालले जस्तै भारतले पनि सन् १९९० को दशकमा एकलरूपमा विस्तृत अध्ययन प्रतिवेदन तयार पारेको थियो। तथापि, सीमा क्षेत्रमा निर्माण हुने आयोजना भएकाले चाहेर पनि एकलरूपमा अगाडि बढाउन सहज भने थिएन।

कुशलको प्रेरणामा शृंखलामाथि नेपालको ‘क्लिन स्विप’

पछिल्लोपल्ट हङकङमा भएको पपुवा न्युगिनीलाई ८५ रनले हराउँदा उनले ५९ रनको योगदान दिएका थिए। त्यसयता भने कुशलले त्यस्तो प्रदर्शन देखाउन सकेका थिएनन्। तर, पपुवा न्युगिनीसँग भन्दा खुलेर खेलेका उनी अमेरिकाविरुद्ध क्रिजमा उत्रिँदा नेपाल २.४ ओभरमा १–११ को स्थितिमा थियो।

पक्राउअघि देउवासँग भेट्न चाहन्थे लामिछाने

सहकारीको बचत ठगी प्रकरणमा प्रहरीले पक्राउ गर्ने तयारी गरिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामछिानेले सरकारमा सहकार्य गरिरहेको दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाटको समय मागेको पाइएको छ ।

साफ महिला च्याम्पियनसिप: नतिजाबाट उत्साहित छैन नेपाल

माल्दिभ्समा महिला फुटबलको गतिविधि धेरै नहुने र उसले राम्रो तयारी पनि गर्न नपाएकाले धेरै गोल गर्दा उत्साहित हुनुपर्ने अवस्था नरहेको उनको भनाइ थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्