२०८१ मा पर्यटन क्षेत्रमा सकसै सकस
कहिले बाढीपहिरो त कहिले हवाई दुर्घटना, अनि पर्यटक सवार ठुला सवारी दुर्घटना थपिँदा वर्ष २०८१ पर्यटन क्षेत्रका लागि उत्तिसारो सुखद् थिएन। पर्यटन क्षेत्रले कोरोना भाइरस संक्रमणको मारबाट माथि उठ्ने प्रयास गरिरहँदा २०८१ मा थप क्षति भोग्नेगरि मुलुकमा विभिन्न घटनाक्रम थपिए। त्यसले गर्दा पर्यटन क्षेत्रले २०८१ मा उत्साह भन्दा पनि निराशाको चाङ बोकिरह्यो।