५ कार्तिक २०८१ सोमबार
image/svg+xml

यती हवाई दुर्घटनाको एक वर्ष : बिथोलिएको पर्यटन लयमा फर्किंदै

यती एयरलाइन्सको नाइन एन एएनसी कल साइनको जहाज सेती नदीको खोंचमा खसेको एक वर्ष पूरा भएको छ।

पाँचतारे होटलको अभाव खेपेको पोखरा

पोखरालाई पर्यटनको राजधानी तय गर्ने सरकारी तयारी हुँदै गर्दा यहाँ ठूला आकार र लगानीका होटल भने लामो समयदेखि थपिन सकेका छैनन। यतिसम्मकी यहाँका दुईवटा पाँचतारे मध्ये एउटा होटलले मात्र नवीकरण गरेको छ। पर्यटन विभागले हालै प्रकाशन गरेको पाँचतारे होटलको सूँचीमा पोखराको फूलबारी होटल छैन। फूलबारीले नवीकरण समेत गरेको छैन। पोखरा ग्राण्ड मात्र पोखराको पाँचतारे होटलको रुपमा विभागमा सूँचीकृत छ। नवीकरण नगरेको फूलबारी लामो समयदेखि संचालनमा छैन।

ढोरपाटन दुर्घटना : तीन घाइतेलाई हेलिकोप्टरद्वारा पोखरा पठाइयो

बागलुङ ढोरपाटनमा आज बिहान भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत पोखरा पठाइएको छ।

फागुन पहिलो साता पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समितिको सुझाव

पोखरालाई फागुन पहिलो साता पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समितिले सुझाएको छ। पोखरालाई पर्यटकीय राजधानी बनाउनेबारे अध्ययन गर्न गण्डकी प्रदेश सरकारले अध्ययन समिति बनाएको थियो । त्यही समितिले प्रतिवेदन बुझाउँदै फागुन पहिलो साताको समय दिएको हो।

आहा रारा पोखरा गोल्डकपमा २ विदेशीसहित १२ टिमले सहभागिता जनाउने

२३ औँ संस्करणको आहा रारा पोखरा गोल्डकपमा १२ टिमले सहभागिता जनाउने भएका छन्।

लोकल दूध भन्दै तराईका दूध बेच्दै

केही डेरी उद्योग तथा किसानले पोखराको स्थानीय दूध भनेर झुक्याउँदै तराईका दूध बेच्ने गरेको पाइएको छ।

पोखराको प्याराग्लाइडिङ शुल्कः १२ हजार रुपैयाँबाट घटेर ३ हजार

प्याराग्लाइडिङ उडानमा लगाइएको एकद्वार प्रणालिको प्रावधान हटेपछि पोखराको आकाशमा हुने प्याराग्लाइडिङ उडानको शुल्क ह्वात्तै घटेको छ। अहिले कम्पनिले ३ देखि ४ हजार रुपैयाँमा पाहुनालाई आकाशमा उडाउन थालेका छन्। यो शुल्क केहीदिन अघिसम्म १२ हजार रुपैयाँ थियो। यो शुल्क १५ देखि २० मिनेट उडान अवधिको रहेको व्यावसायीले बताएका छन्।

‘अक्षर अक्षरमा देश’को घुम्टो उघार्दा

प्रिय पोखरा! तिमीले के वरदान पाएकी छ्यौ र एक से एक साहित्यकार जन्म दिन्छ्यौ? तिम्रो भौतिक सामिप्यमा उभिंदै प्राकृतिक सुन्दरताले लोभ्याउँछ्यौ, मोहनी लगाउँछ्यौ।

आजदेखि पोखरामा ‘ प्रथम प्रादेशिक कृषि यान्त्रीकरण प्रदर्शनी २०८० ’ शुरु

आजदेखि कास्कीको पोखरामा ‘ कृषिमा यान्त्रीकरणको अवलम्बन, कृषि कार्यमा परिवर्तन ’ भन्ने मूल नारा सहित ‘ प्रथम प्रादेशिक कृषि यान्त्रीकरण प्रदर्शनी गण्डकी, पोखरा - २०८० ’ शुरु भएको छ।

‘इन्जिनियरिङका विद्यार्थी विदेश जानु पर्दैन’

इन्जिनियरिङसँग सम्बन्धित विज्ञहरूले इन्जिनियरिङका विद्यार्थी विदेश जान नपर्ने बताएका छन्। उनीहरुले इन्जिनियरिङका विद्यार्थीलाई नेपालमै राम्रो स्कोप रहेको बताए।

बास्ना गुमाउँदै पोखरेली ‘जेठोबुढो’

कृषि सञ्जालका संयोजक लोकबहादुर गुरुङले वातावरणमा प्रतिकूल असर, रासायनिक मलको प्रभाव र उन्नत जात (हाइब्रिड) का कारण जेठोबुढो धान पोखरेलीको बास्ना हराउँदै गएकाे बताए।

प्रथम प्रादेशिक कृषि यान्त्रीकीकरण प्रदर्शनी–पुस २० गतेदेखि पोखरामा हुने

प्रथम प्रादेशिक कृषि यान्त्रीकीकरण प्रदर्शनी–२०८० पोखरामा हुने भएको छ।

पर्वत भलिबल क्लबलाई पोखरा कपको उपाधि

पोखरा महानगर भलिबल संघद्वारा आयोजित ‘पोखरा कप अन्तर क्लबस्तरीय भलिबल’ प्रतियोगिताको उपाधि पर्वत भलिबल क्लबले जितेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्