२३ आश्विन २०८१ बुधबार
image/svg+xml

बेलको अनुबन्धन प्रक्रिया रद्द

पछिल्लो एक साता रियाल मड्रिडका ग्यारेथ बेलको आगामी गन्तव्यका बारेमा विभिन्न खबर सार्वजनिक भए। प्रशिक्षक जिनेदिन जिदानले बेललाई बेच्ने अन्तिम तयारी भइरहेको र उनी टोलीमा नहँुदा दुवै पक्षका लागि राम्रो हुने प्रतिक्रिया दिएका थिए। बेलका एजेन्टले समेत प्रशिक्षकले खेलाडीको अपमान गरेको र बेल चिनियाँ क्लब जाने तयारीमा रहेको बताएका थिए। तर आइतबार स्पेनिस क्लब रियालले चिनियाँ पक्षसँग जारी बेलको अनुबन्धन प्रक्रिया रद्द गरेको जनाएको छ। जिदान रियालमा फर्किएपछि बेल पछिल्ला समयमा बेन्चमै सीमित हुँदै आएका छन्। जिदान पुनः रियालमा फर्किएपछि ११ मध्ये तीन खेलमा अवसर पाएका बेलले मैदानमा ९० मिनेट मात्र बिताएका छन्। गत सिजन रियाल बेटिससँग २–० ले पराजित भएपछि बेलप्रति जिदानले भरोसा कम गर्दै आएका थिए।

विरोधले ठेक्का रद्द

रौतहटको गढीमाई नगरपालिकाले बागमती नदीबाट बालुवा, गिटी र ग्राबेल झिक्न वर्षायाममा टेन्डर गरेकोमा स्थानीयको विरोधपछि ठेक्का रद्द गरिएको छ।

हुवासिन सिमेन्टको जग्गा भाडा सम्झौता रद्द गर्न सिफारिस

संसदीय समिति अन्तर्गतको उपसमितिले चिनियाँ लगानीको हुवासिन सिमेन्टले जग्गा भाडामा लिनका लागि गरेको सम्झौता रद्द गर्न सिफारिस गरेको छ।

मन्त्रिपरिषदले गर्‍यो पाँच भारतीयको नेपाली नागरिकता रद्द

सरकारले पाँच जना भारतीयको नेपाली नागरिकता रद्द गरेको छ। अघिल्लो साता बसेको मन्त्रिपरिषद बैठकले झुटो विवरण पेश गरी नेपाली नागरिकता लिने ५ जना भारतीयको नागरिक रद्द गर्दै कानुन बमोजिम कारवाही गर्ने निर्णय गरेको हो।

तेन्जिङ हिलारी र फाप्लु विमानस्थल बन्द, विरामी अलपत्र

फानी आँधिको प्रभाव पर्ने सम्भावनाकै कारण फाप्लु विमानस्थलमा आजको दुई उडान रद्द गरिएको छ। मौसम प्रतिकुल रहे भोलि पनि विमानस्थल बन्द रहने नागरिक उड्ययन कार्यालय, फाप्लुका प्रमुख प्रकाश शर्माले बताए। उडान बन्द भएपछि जिल्ला अस्पतालबाट रेफर गरिएका विरामी अन्यौलमा परेका छन्।

दुई विषयको परीक्षा रद्द भएपछि विभिन्न ठाउँमा प्रदर्शन

एसइईको दुई विषयको परीक्षा रद्द भएपछि रौतहटका विद्यार्थीले विभिन्न ठाउँमा प्रदर्शन गरेका छन्। बिहीबार बिज्ञान विषय र शुक्रबार सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि विद्यार्थी आन्दोलनमा उत्रिएका हुन्।

सिएमसीसँगको ठेक्का सम्झौता रद्द

तनहुँ हाइड्रोपावर लिमिटेडले एक सय ४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत् आयोजनाकोे नदी फर्काउने र बाँध निर्माणलगायत पहिलो प्याकेजका संरचना निर्माणका लागि इटालियन कम्पनी सिएमसीसँगको ठेक्का सम्झौता रद्द गरेको छ। यसअघि तनहुँ हाइड्रोपावर लिमिटेडले २०७५ माघ ४ मा ठेक्का कार्यान्वयनमा गएको सूचना सिएमसीलाई दिएको थियो।

अख्तियारको छानबिनपछि वार रुमको ठेक्का रद्द

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ‘वार रुम’ को ‘भिडियो कन्फेरेन्सिङ सिस्टम’ निर्माण गर्ने ठेक्का रद्द भएको छ। सरकारले सिस्टम निर्माणको ठेक्का बिनाप्रतिस्पर्धा चिनियाँ कम्पनी हुवावेलाई दिएको थियो।

मेलम्चीको ठेक्का सम्झौता रद्द गर्ने तयारी

मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण गरिरहेको निर्माण व्यवसायी सिएमसीसँगको ठेक्का सम्झौता रद्द गर्ने विषयमा छलफल भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ।

एन्फाद्वारा एपी वान टेलिभिजनसँगकाे सम्झौता रद्द

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले एपी–१ टेलिभिजनसँगको फुटबल प्रायोजन सम्झौता रद्द गरेको छ।

पाकिस्तानका लागि अमेरिकी सैन्य सहायता रद्द

अमेरिकी सेनाले पाकिस्तानलाई दिँदै आएको ३० करोड डलर सहायता रकम रद्ध गरेको छ। अमेरिकी सेनाका अनुसार पाकिस्तान आतङ्कवादी समूहका विरुद्ध लड्न विफल भएको बताउँदै उक्त सहायता रकम रद्ध गरेको हो।

ट्रम्प र किमको भेट रद्द

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँगको भेटवार्ता रद्द गरेका छन्। वर्तमान समयमा बैठक गर्न उचित नहुने भन्दै ट्रम्पले विहीबार साँझ किमसँगको भेट रद्द हुन्।

ट्रम्पसँगको शिखर बैठक रद्द गर्ने उत्तर कोरियाली चेतावनी

आफ्नो आणविक हतियार त्याग्न अमेरिकाले दबाब दिएमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको शिखर वार्ताबाट फिर्ता आउने सक्ने उत्तर कोरियाले बताएको छ ।बहुप्रतिक्षित अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उनबीचको बैठक जुन १२ मा एसियाली मुलुक सिंगापुरमा हुने तय भएको छ।

ठेक्का रद्द हुँदा एक अर्ब घाटा

२०७१ असारमा मुङलिन–नारायणगढ सडक खण्डको बोलपत्र मूल्यांकन प्रक्रिया अन्तिम चरणमा थियो। सडक विभाग सम्झौतामा हस्ताक्षर र काम सुरु गर्ने अन्तिम जबाफको प्रतीक्षामा थियो।

सलमानको जमानत वारेन्ट रद्द

१६ वर्ष पुरानो हिट एण्ड रन मुद्दामा बलिउड अभिनेता सलमान खानको जमानत वारेन्ट खारेज भएको छ। यससँगै उनलाई प्रहरीले पक्राउ गरेमा अदालतले जमानत दिनेछैन्। यद्यपी यो मुद्दा सर्वाेच्च अदालतमा विचाराधीन छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्