२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

ट्रम्पको ल्याटिन अमेरिका भ्रमण रद्द

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिका रूपमा ल्याटिन अमेरिकाका लागि तय गरिएको भ्रमण रद्द भएको ह्वाइट हाउसले जनाएको छ।

वर्षाका कारण डीपीएलको पहिलो खेल रद्द, यस्तो छ डीपीएलको अंकतालिका

रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट अन्तर्गत आइतबार (आज) को महेन्द्रनगर युनाइटेड र काठमाडौं गोल्डेन्सबीचको पहिलो खेल वर्षाका कारण रद्द भएको छ।

उत्तर कोरियाद्वारा पेन्ससँगको वार्ता रद्द

शीतकालीन ओलम्पिक्समा अमेरिकी उपराष्ट्रपति माइक पेन्स र उत्तर कोरियाली अधिकारीबीच बैठक हुने तय भए पनि अन्तिम समयमा उत्तर कोरियाले बैठक रद्द गर्दा बैठक हुन नसकेको अमेरिकी अधिकारीहरुले बताएका छन् ।

यात्रु सुरक्षाका कारण उडान रद्द : बुद्ध

निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले यात्रु सुरक्षालाई उच्च प्राथमिकता दिएका कारण सोमबार काठमाडौंबाट विराटनगरका लागि हुनुपर्ने सबै उडान रद्द गरिएको जनाएको छ ।

उडान रद्द भएर सुमाेमा जाँदा ६ जनाकाे ज्यान गयाे

काठमाडौँबाट झापा जाँदै गरेको बा ९ च ३३१४ नम्बरको  टाटासुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । शनिबार विहान २ः३० बजे  धनुषाको  गणेशमान चारनाथ नागरपालिका ८ पोर्ताहास्थित कमलापुल नजिके दुर्घटना भएको हो।

तीन गन्तव्यका उडान रद्द

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम अन्तर्राष्ट्रिय उडानतर्फ एउटा जहाजमा खुम्चिएको छ । निगमसँग रहेका तीनथानमध्ये हाल एउटामात्र सञ्चालनमा छ । अन्तर्राष्ट्रिय उडान गर्न निगमसँग युरोपेली जहाज निर्माता कम्पनी एयरबसमा निमिर्त १ सय ५८ सिट क्षमतायुक्त ‘ए३२०–२००’ सिरिजका दुईथान र अमेरिकी जहाज निर्माता कम्पनी बोइङमा निर्मित १ सय ९० सिट क्षमतायुक्त ‘बि७५७–२००’ सिरिजको एक गरी तीन जहाज छन् ।

चिट प्रकरणपछि आइओएमको परीक्षा रद्द

त्रिवि चिकित्साशास्त्र अध्यायान संस्था (आइओएम) परीक्षा समितिले चिट चोरी प्रकरण बाहिरिएको एमबिबिएस प्रवेश परीक्षा रद्द गर्ने निर्णय गरेको छ। त्रिविको कात्तिक ३० को निर्देशनाअनुसार नै संचालित परीक्षा रद्द गरेर छिट्टै नयाँ परिक्षा मिति निर्धारण गरिने आइओएमले जनाएको छ।

संसद्को निर्देशनअनुसार रद्द गरेको कांग्रेस स्पष्टोक्ति

नेपाली कांग्रेसले व्यवस्थापिका संसद्अन्तर्गतका समितिहरुको निर्देशनअनुसार सरकारले बूढीगण्डकी आयोजनाको ठेक्का रद्द गरेको स्पष्ट पारेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा निर्वाचन परिचालन समितिले बिहीबार पत्रकार सम्मेलन गरी पुष्पकमल दाहाल नेतृत्व सरकारले ठाडो आदेशमा दिएको ठेक्का मात्र रद्द गरिएको जनाएको हो ।

चिनियाँ कम्पनी गेजुवालाई समझदारी रद्दको पत्र

ऊर्जा मन्त्रालयले चीनको गेजुवा गु्रप कर्पोरेसन (सिजिजिसी) लाई बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा दिने विगतको समझदारी रद्द भएको जानकारी गराएको छ । मन्त्रालयले सिजिजिसीसँग भएको समझदारी रद्द भएको पत्र मंगलबार पठाएको हो ।

सम्झौता रद्द गर्ने अधिकार यो सरकारलाई छैन : ओली

नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले चुनावी सरकारलाई कुनै पनि नयाँ सम्झौतागर्ने र रद्द गर्ने अधिकार नभएको बताएका छन् । नेकपाएमाले काठमाडौंद्वारा आयोजित परिचय कार्यक्रमलाई सम्बोधनगर्दै अध्यक्ष ओलीले कुनै सम्झौतागर्नु परे वा रद्द गर्नुपरे निर्वाचित सरकारले मात्रै गर्न सक्नेबताए।

चिनियाँ कम्पनीको रद्द, भारतीयको म्याद थप

बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनी गेजुवा गु्रप कर्पोरेसन (सिजिजिसी) लाई दिने निर्णय सरकारले रद्द गरेको छ । १२ सय मेगावाट क्षमताको जलाशययुक्त उक्त आयोजना ‘अनियमित’ र ‘हचुवा’ ढंगले चिनियाँ कम्पनीलाई दिएको ठहर गर्दै सोमबारको मन्त्रिपरिषद् बैठकले निर्णय रद्द गरेको हो । बुढीगण्डकी आयोजना गेजुवालाई दिने निर्णय माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले गरेको थियो जतिखेर अहिले सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस पनि सरकारमा थियो ।

पूर्वसांसदले बाँडेका १० अर्बका योजना रद्द

पदावधि सकिने बेला पूर्वसांसदले बाँडफाँट गरेका १० अर्ब रुपैयाँका योजना रद्द हुने भएका छन् । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि पूर्वसांसदको नामबाट छुट्याएका सम्पूर्ण योजना रद्द गर्न निर्वाचन आयोगले सरकारलाई आइतबार निर्देशन दिएको हो।

पूर्व सांसदका विकास योजना रद्द गर्न आयोगको निर्देशन

निर्वाचन आयोगले निवर्तमान सांसदहरुलाई निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यान्वयन गर्ने, नयाँ कार्यक्रम छनौट गर्ने, रकम निकासा गर्ने लगायतका काम नगर्न भनेको छ।

अध्यक्ष लम्बोदरद्वारा सम्बन्धन रद्द नगर्न पत्राचार

आफूलाई दबाबमा पारेर कागजात गराएको भन्दै सम्बन्धन खारेज नगर्न कलेजको कार्यकारी अध्यक्षबाट राजीनामा दिइसकेका लम्बोधर न्यौपालनेले अर्को पत्राचार गरेपछि विवाद चुलिएको छ ।

कमिसन नमिलेपछि टेन्डर रद्द

नेपाल आयल निगमले कैलालीमा जग्गा खरिद नगरी टेन्डर रद्द गरेको छ। डिपोका लागि उपयुक्त ठाउँमा राम्रो जग्गाको टेन्डर पर्दा पनि निगम केन्द्रीय कार्यालयले टेन्डर रद्द गरेको हो। कमिसनमा कुरा नमिलेकाले टेन्डर रद्द गरिएको स्रोतको दाबी छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्