१९ आश्विन २०८१ शनिबार
image/svg+xml

राष्ट्रपति भवनमा घटस्थापना

राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँका अवसरमा वैदिक विधिपूर्वक दुर्गादेवीको पूजाअर्चनाका साथ राष्ट्रपति भवनमा घटस्थापना गरेका छन्।

हनुमानढोकास्थित दसैँ घरमा राखियो जमरा (तस्बिरसहित)

हनुमानढोकास्थित दसैँ घरमा बिहान ९ः१६ को शुभ साइतमा वैदिक विधिपूर्वक घटस्थापना गरिएको छ।

नवरात्रमा व्रत बस्दा स्वास्थ्यको ख्याल गरौँ

माँ दुर्गाको नौ रुपलाई विशेष आराधनाका साथ दसैँमा पुजाअर्चना गर्ने गरिन्छ। यो नौ दिनसम्म माता दुर्गा भवानीको व्रत पनि बस्ने गरिन्छ।

नजित्ने लडाइँमा इजरायल

लामो समयदेखि अशान्त मध्यपूर्व थप सङ्कटमा जाकिँदो छ। यतिबेला विश्वको एक मात्र यहुदी बाहुल्य राष्ट्र इजरायल तीन वटा प्रभावशाली छापामार संगठनसँग एकैसाथ भिडिरहेको छ।

एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४: विदेशी टोली आउने क्रम जारी

एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ मा सहभागी हुन विदेशी टोली नेपाल आउने क्रम जारी छ।

बागमतीले सखाप पार्‍यो सात हजार मुरी धान फल्ने खेत

बागमती गाउँपालिका–६ आश्राङ लुकुनीबेसी पुग्दा केही दिनअघिसम्म फाँटमा लहलह फलिरहेको धान देख्न पाइन्थ्यो। घ्याम्पे दहबाट घट्टेखोलासम्मको सुन्दर फाँटमा पाकेको धानले पहेँलपुर भएको दृश्य स्थानीय हरिप्रसाद घिमिरेका सम्झनामा मात्रै छ।

छैटौं एसियाली जनसंख्या सम्मेलन मंसिरमा

नेपालको जनसंख्या र विकासको भविष्यका लागि छैटौं एसियाली जनसंख्या सम्मेलन काठमाडौंमा हुने तय भएको छ।

खाद्यवस्तुको गुणस्तर परीक्षण ‘ठाउँको ठाउँ’

बजारमा अखाद्य वस्तुको बिक्री वितरण भइरहेको गुनासोका बीच सरकारले अब ‘अन द स्पट’ (ठाउँको ठाउँ) खाद्य वस्तुको गुणस्तर परीक्षण सुरु गरेको छ।

मनास्लु आरोहणमा आरोहीको आकर्षण बढ्दै

आठ हजार एक सय ६३ मिटर अग्लो मनास्लु आरोहणका लागि यो सिजनमा २८ आरोही समूहका तीन सय आठ जनाले अनुमति लिएकामा अधिकांशले आरोहण गरेका पर्यटन विभागका निर्देशक राकेश गुरुङले बताए। यसमा ८२ महिला र दुई सय २६ पुरुष छन्।

एनपिएल अक्सनका लागि १४२ खेलाडी छनोट

नेपाल प्रिमियर लिग तयारी समितिले आगामी हप्ता हुने नेपाल प्रिमियर लिग (एनपिएल) को अक्सनका लागि १४२ खेलाडी छनोट गरेको छ।

भियतनामको चिडियाखानामा बर्डफ्लूको कारण ४७ बाघको मृत्यु

‘एच ५ एन १’ बर्ड फ्लू भाइरसको सङ्क्रमणका कारण दक्षिण भियतनामको चिडियाखानामा ४७ बाघ, ३ वटा सिंह र एक प्यान्थरको मृत्यु भएको बताइएको छ।

पाेखरा र भैरहवा विमानस्थल निर्माणमा अनियमितताको आशंका

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले बुधबार दिउँसो नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) मा छापा मारी कागजपत्र नियन्त्रणमा लिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्