४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

गोरखा दरबारको दसैघरमा बिधिपूर्वक जमरा राखियो

गोरखाको कालिका मन्दिरमा रहेको दसै घरमा आज बिधिपूर्वक जमरा राखिएको छ। बिहान १० बजेर २३ मिनेटको शुभसाइतमा दसै घरमा जौको जमरा राखिएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिए।

गोरखामा अवैध हातहतियारसहित तीन पक्राउ

गोरखामा अवैध हातहतियारसहित तीन जना पक्राउ परेका छन्। गोठमा लुकाइराखेको अवस्थामा फरक–फरक स्थानबाट तीन थान भरुवा बन्दुक बरामद गरिएको हो।

बसको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि गजुरी तनावग्रस्त

धादिङको गजुरी गाउँपालिका वडा नं १ गजुरी बजारमा बसको ठक्करबाट स्कुले विद्यार्थीको मृत्यु भएपछि गजुरी बजार तनावग्रस्त बनेको छ।

तिर्थबहादुरले जिते लिगलिगकोट–सिरानचोक–गोरखा दरबार म्याराथुन

१० जनाभित्र पर्न सफल सोलोखुम्बु महाकुलुङका अर्जुन राई कुलुङ, महेन्द्र दल गणका थमबहादुर अधिकारी, सिरानचोक ५ गोरखाका अशोक बराम, भुतपूर्व सैनिक रैबतबहादुर दाहाल र महाविर सौर्य गणका बिमल खड्का लाई क्रमस ३०, २५, २०, १५, १० हजार पुरस्कार प्रदान गरिएको छ।

न्याय र समानताको माग गर्दै माइतीघरमा भूपू गोर्खा (फोटोफिचर)

बेलायती गोर्खा भूतपूर्व सैनिक संगठन (बेसो) सिंगापुरले न्याय र समानताका लागि संघर्षको माग गर्दै गोर्खा विभागले काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।

गोरखा नगरपालिकालाई शिक्षा, स्वास्थ्य क्षेत्रमा रश्मोरले सहयोग गर्ने

काउन्लिका डेपुटी मेयर सहित पाँचदिने भ्रमणका लागि गोरखा आएको टोलीलाई सोमबार बिदाई गर्ने क्रममा आयोजित पत्रकार भेटघाटमा शिक्षा, स्वास्थ्य र खेलक्षेत्रमा सहकार्य गर्ने दुवै पालिकाले संयुक्त घोषणा गरेका हुन्।

पालुङटार एयरपोर्टको काम अलपत्र, सडक बन्यो बाधक

‘वडा र नगरपालिकाले सडक जसरी पनि चाहिन्छ भनेर पत्राचार गर्नुभएको छ’ उपप्रवन्धक बुलले भने ‘नागरिक उड्डयन प्राधिकरणको जग्गा बाटोका लागि उपलब्ध गराउन मन्त्रिपरिषद्को निणर्य चाहिने भएकाले पर्यटन मन्त्रालयमा पठाएका छौँ।’

गोरखामा जेसीज सम्मेलन हुने

नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलन २०७९ गोरखामा हुने भएको छ। भदौ ३ गतेबाट सुरु हुने दुईदिने सम्मेलनको उद्घाटन पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएका छन्।

अध्यक्ष तिमिल्सेनाद्वारा आफ्नो सेवा सुविधा विद्यालयलाई

गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सेनाले गाउँपालिकाद्वारा आफूले प्राप्त गरेको सेवासुविधा विद्यालयलाई प्रदान गरेका छन्।

७ वर्षमा ८ किलोमिटर सडक कालोपत्रे नगर्नेलाई म्याद थपिँदै

२०७२ असार ३१ गते ठेक्का लागेको यो सडक सम्झौता गरेको सात वर्षमा पनि निर्माण कम्पनीले पूरा गर्न सकेको छैन। उक्त सडक खण्डमा अझै २० प्रतिशत भन्दा बढी काम बाँकी छ। सम्झौता भएको मितिले दुई वर्षभित्र सक्नुपर्ने योजना यही गतिमा काम हुने हो भने पूरा गर्न अझै दुई वर्ष लाग्छ।

के मा प्रयोग हुन्छ करोडौँका यी भवन !

गोरखाको पालुङटार नगरपालिका ७ च्याङ्लीमा निर्माण भएको सुविधा सम्पन्न तीन वटा भवन। निर्माण सम्पन्नको चरणमा पुगेको यो के मा प्रयोग हुने भन्ने अन्यौल छ।

नदी पार नगर्दै टुङ्गियो पुल

गोरखा नगरपालिका र पालुङटार जोड्ने मोटरेबल पुल अधुरो भएको छ। ८० मिटर मात्रै निर्माण गर्ने गरी टेण्डर भएको गोनपा १२ र पानपा ९ जोड्ने उक्त पुल नदी वारपार नगर्दै टुङ्गिएको हो।नदी भन्दा छोटो पुल स्टमेट भएपछि ग्याबिन जाली हालेर पुल लम्ब्याउने तयारी छ।

मझुवामा पहिरो गोरखा-आँबुखैरेनी सडक अवरुद्ध

यसअघि पनि पहिरो बगेको उक्त ठाउँमा माथिबाट पहिरो खसेर सडक बन्द भएको हो। आँबुखैरेनीबाट गोरखा आउँदै गरेका र गोरखाबाट आँबुखैरेनी तर्फ जाँदै गरेका सवारी साधन बिचमै रोकिएका छन्।

कोभिडले सुस्ताएको मनास्लु पदमार्गमा पर्यटक बढ्दो

गत आर्थिक वर्ष बढेको यो संख्या २०७५/७६ को भन्दा कम हो। उक्त वर्ष सात हजार छ सय ५५ जना बिदेशिले मनास्लु क्षेत्रको भ्रमण गरेका थिए। यो संख्या अहिलेसम्म कै धेरै हो। कोभिडको प्रभाव कम भएपछि पर्यटक बढ्न थालेको एमक्याप गोरखाका संरक्षण अधिकृत अजित तुम्बाहाम्फेले बताए।

गोरखा अस्पताललाई हव अस्पतालका रुपमा सञ्चालन गर्ने तयारी

गोरखा जिल्लाको एक मात्र सरकारी अस्पताल गोरखा अस्पताललाई हव अस्पतालका रुपमा विकास गरिने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्