१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

गोरखामा जेसीज सम्मेलन हुने

गोरखा जेसीजले सोमवार आयोजना गरेको पत्रकार सम्मेलन। तस्बिरः नागरिक

नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलन २०७९ गोरखामा हुने भएको छ। भदौ ३ गतेबाट सुरु हुने दुईदिने सम्मेलनको उद्घाटन पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएका छन्।  

सोमवार पत्रकार सम्मेलन गर्दै भदौ ३ र ४ गते गोरखा सदरमुकाम स्थित संग्रहालय परिसरमा सम्मेलन हुन लागेको सम्मेलनका निर्देशक गोरखा जेसीजका पूर्व अध्यक्ष भगवानबाबु मास्केले बताए।  

कार्यक्रममा नेपाल जेसीजका पुर्व र वर्तमान पदाधिकारीहरु, नेपाल जेसीज ‘क्षेत्र ख’ का ३९ वटा शाखाबाट, जुनियर जेसीज ४ वटा शाखा गरी ४३ वटा शाखाबाट र क्षेत्र क, ग, घ का प्रतिनिधिहरु पनि सहभागी हुनेछन्। सम्मेलनमा छ सय जना सहभागी हुने निर्देशक मास्केले बताए।  

जेसीजका शाखा अध्यक्ष तथा पदाधिकारीहरुलाई नेतृत्व विकास तथा क्षमता अभिवृद्धी तालिम संचालन गरिने सम्मेलनका उपनिर्देशक शरण श्रेष्ठले बताए। ‘नेतृत्व र ब्यक्तित्व बिकासमा केन्द्रित प्रशिक्षण हुनेछ’ उनले भने। गोरखा जिल्लाको ऐतिहासिक, धार्मिक सम्पदाहरुको प्रचार प्रसार, जिल्लाको पर्यटन प्रवद्र्धनका साथै यहाँको साँस्कृतिक, भेषभुषा आदिको प्रवद्र्धनका लागि सम्मेलनले फाईदा पुग्ने श्रेष्ठले बताए।  

कार्यक्रममा सहभागि हुन आउने पाहुनाहरुलाई होटलसँगै केहीलाई होमस्टेमा राख्ने व्यवस्था गरिएको गोरखा जेसीजका अध्यक्ष शैलेन्द्र भट्टले बताए। सोही कार्यक्रमको अवसरमा बिभिन्न क्षेत्रमा योगदान पु¥याएका, जेसीजबाट स्थानीय तहको नेतृत्वमा पुगेकाहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको उनले बताए।  

गोरखा जेसिजको आतिथ्यतामा चौथौ पटक गोरखामा क्षेत्र ख सम्मेलन हुन लागेको हो। यस अघि सन १९९३, १९९८ र २०११ मा गोरखामा सम्मेलन भएको पूर्व अध्यक्ष भगवानबाबु मास्केले बताए। सम्मेलनले जेसीज क्षेत्र ख भित्रका क्लवहरुको भावी योजना पनि बनाउनेछ।  

कार्यक्रम संचालनका लागि करिब ४० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ। यसका लागि विभिन्न संघसंस्था, स्थानीय तह, संस्थाले प्रकाशित गरेको स्मारिकामा छापेको विज्ञापनबाट आर्थिक संकलन गर्ने लक्ष्य रहेको पूर्व अध्यक्ष समेत रहेका जेसीजका पूर्व अध्यक्ष एवं सम्मेलनका उप निर्देशक शरण श्रेष्ठले बताए।  

सम्मेलनको व्यवस्थापनका लागि १५ वटा उपसमिति निर्माण गरिएको छ। सम्मेलनमा उपस्थिति हुने सहभागिताहरुको खाना, आवास लगायतका सबै व्यवस्थापन गोरखा जेसीजले उप समिति मार्फत तयारी गरिरहेको जनाएको छ।  

प्रकाशित: २९ श्रावण २०७९ ०७:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App