४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

गौमुलमा उन्नत जातको स्याउ खेती

गौमुल गाउँपालिकाले उन्नत जातको स्याउ खेती सुरु गरेको छ। गाउँ कार्यपालिकाको निर्णय अनुसार नै हावापानी अनुकुल विदेशी प्रविधिबाट उत्पादन गरिएको उन्नत जातको स्याउ खेती गर्न सुरु गरिएको कृषि शाखा प्रमुख रमेश विकले बताएका छन्।

स्याउ खेती बीमामा कृषक आकर्षित

मौसमी प्रतिकुलताका कारण स्याउ खेतीमा हुने क्षतिबाट सुरक्षित रहनको लागि बीमा गरेको उनले बताए। उनले भने, ‘स्याउखेतिबाट जुम्लाबासीको आयआर्जनमा टेवा पुगेको छ। मौसमी प्रतिकुलताका कारण भइरहेको क्षति न्युनिकरणमा निकै सहयोग पुगेको छ।’,

पाैने दुई अर्बको चिनियाँ स्याउ आयात

रसुवागढी नाकाबाट चिनियाँ स्याउ आयात बढेको छ। नेपालमा चिनियाँ स्याउको माग बढ्दै जाँदा आयात पनि बढेको हो।

स्याउ किसानलाई फाइदै फाइदा

तातोपानी गाउँपालिकाका दलबहादुर खड्का स्याउ किसान हुन्। उनी गत वर्षहरू भन्दा यो वर्ष निकै उत्साहित छन्। समयमै ठूलो हिमपात भएकोले स्याउ सप्रिनेमा उनी ढुक्क छन्। बगैचामा स्याउमा पालुवा पलाउने समयमा हिमपात भएपछि हामी खुसी भएका छौं।

कृषकलाई स्याउ पोस्ट हार्भेस्ट तालिम

सोलुखुम्बुका कृषक तथा प्राविधिकलाई स्याउ बालीमा पोस्ट हार्भेस्ट व्यवस्थापन तालिम दिइएको छ। बागवानी अनुसन्धान महाशाखा खुमलटारको आयोजनामा फाप्लुमा उक्त तालिम प्रदान गरिएको हो। तालिममा जिल्लामा स्याउ खेतीमा संलग्न कृषक तथा विभिन्न क्षेत्रमा परिचालित कृषक सहभागी थिए।

पारि हिउँ हरायो, वारि स्याउ

पोल्यान्डमा यसै साता जलवायु परिवर्तन संरचनासम्बन्धी महासन्धिको २४ औँ सम्मेलन चल्दै गर्दा हेलम्बु–१ ध्याङ्गुलका ६६ वर्षीय छिरिङ हल्मु लामा आँगनमा सुक्दै गरेका स्याउका बोट नियाल्दै थिए।

प्रभावकारी बन्दै स्याउ सुपरजोन

जुम्लामा पछिल्लो समय प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत स्याउ सुपरजोन परियोजना प्रभावकारी बन्दै गएको छ।

जुम्लाबाट १७ करोडको स्याउ निर्यात

चालू आर्थिक वर्षमा जुम्लाबाट झण्डै १७ करोड बराबरको स्याउ निर्यात भएको छ। गत भदौ महिनादेखि कार्तिकसम्म यहाँबाट १७ करोडको स्याउ निर्यात भएको हो। यो वर्ष भदौ १० गतेदेखि स्याउ टिप्न किसानलाई सुचित गरिएको थियो। जसले गर्दा गुणस्तरिय स्याउ उत्पादनमा टेवा पुगेको थियो।

‘लटरम्म स्याउ बोटैमा’

भौगोलिक विकटताका कारण मुस्ताङका कतिपय किसानले आफूले उत्पादन गरेका कृषि उपज बजारसम्म पुर्‌याउन सकेका छैनन् ।बजार पुर्‌याउन नसक्दा किसानले बर्सेनि घाटा सहनुपरेको छ। बजारमा माग भए पनि ढुवानी सहज नहुँदा उत्पादन नै खेर जाने अवस्था छ।

स्याउले मुल्य नपाउँदा किसान मर्कामा

जुम्लाको पातारासी गाउँपालिका ६ का चन्द्रलाल बोहोराको बगैंचामा २ सय स्याउका बिरुवा छन्। तिमध्ये ६० वटा स्याउको बोटले यो वर्ष फल दिए। ६० स्याउको बोटबाट झण्डै २० क्वीन्टल स्याउ उत्पादन भएको थियो। तर मुल्य नपाउदा खासै यो वर्ष स्याउबाट आम्दानी हुन नसकेको उनी बताउँछन।

दशैं : जुम्लामा इटालियन स्याउको माग बढ्यो

चन्दननाथ नगगरपालिका १० का टंक देबकोटा इटालियन जातको फुजी स्याउ बेच्न व्यस्त छन। एकाविहानै स्याउ बगैँचामा पुग्छन्, स्याउ टिप्छन्, बगैचामै स्याउ किन्न आउनेलाई बेच्दछन्, यो उनको दैनिकी हो। दसैँसम्म जुम्लाको स्याउ निर्यात भईसक्ने भएकोले यो स्याउको माग दशैँमा बढेको हो।

एग्रो मनाङको स्याउ बगैंचामा प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार निजी क्षेत्रबाट सञ्चालित नेपालकै सबैभन्दा ठूलो स्याउ फार्ममा पुगेका छन् ।

मुगुमा स्याउ उत्पादन घट्यो

मुगुमा आर्थिक वर्ष २०७४–०७५ भन्दा आर्थिक वर्ष २०७५–०७६ मा स्याउ उत्पादनमा कमि आएको छ। अघिल्लो वर्ष १५ मेट्रिक टन स्याउ उत्पादन भएपनि ४ मेट्रिक टन मात्र निर्यात भएको थियो भने यो वर्ष गएको आर्थिक वर्षभन्दा ७० प्रतिशतले स्याउको उत्पादनमा ह्रास आएको छ।

उद्योग संचालनमा नआउँदा स्याउ कृषक मर्कामा

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका अन्तर्गत वार्ड ४ रंगमा स्थापना भएको फ्रुट प्रोसेसीङ जुस उद्योग संचालनमा नआउँदा डोल्पाली स्याउ कृषक मर्कामा परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्