१० मंसिर २०८१ सोमबार
image/svg+xml

रास्वपा सभापति लामिछानेलाई म्याद थपका लागि आज अदालत पेश गरिँदे

लामिछानेले नेपालबाट विदेश रकम पठाएको प्रहरीले आशंका गरेको छ।प्रहरीले सम्पत्ति शुद्धीकरणमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्ने छ।

हिरासतमै रविको तिहार, २० गते अदालतमा उपस्थित गराइने

रविलाई अब एकै पटक कात्तिक २० गते अदालतमा उपस्थित गराइनेछ । तिहार बिदा सकिएपछि कार्यालय खुल्ने पहिलो दिन कात्तिक २० गते मङ्गलवार अदालतमा उपस्थित गराइने प्रहरी श्रोतले जनाएको छ ।

आरजुका पिएलाई डिपी अर्यालको म्यासेज: मन्त्रीज्यूसँग सर्ट मिटिङ मिलाइदिनुस्

सहकारी ठगी प्रकरणमा कात्तिक २ गते पक्राउ परेका पार्टी सभापति रवि लामिछानेलाई हिरासतमुक्त गराउन उपसभापति अर्याल यति बेला सरकारसँग लबिङमा छन् । यसअघि सोमबार उनले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई भेटेका थिए ।

रवि छुटाउन रास्वपाको दोहोरो दाउ: दिउँसो सडकमा ललकार, साँझ हारगुहार !

‘दिनभरि प्रधानमन्त्रीका विरुद्धमा व्यक्तिगत रूपमा गालीगलौज गर्ने, शव बनाएर दाहसंस्कार गर्ने जस्तो अशोभनीय काम गर्ने, नामै लिएर लाञ्छना लगाउने रास्वपाका साथीहरू राती–राती कुन मुख लिएर बालुवाटारमा कुरेर रविजीलाई बचाइदिनुपर्‍यो, लौ न भनेर हारगुहार गर्दा हुन् ?’

बेलायतबाट रविलाई रिहा गरी धनराजलाई कारबाही गर्न माग

बेलायतबाट सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तत्काल रिहाईको माग गरिएको छ।

जिम्मा पाए सहकारी बचतकर्ताको रकम ९० दिनमै फिर्ता गराउँछौँः अर्याल

राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) का उपाध्यक्ष डीपी अर्यालले सहकारीमा फसेको सर्वसाधारणको बचत फिर्ता गर्ने कामको जिम्मा पाए ९० दिनमै फिर्ता गराइदिने दावी गरेका छन्।

रास्वपाको विरोध प्रदर्शन आज बालुवाटारमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज बालुवाटारमा विरोध प्रदर्शन गर्ने तयारी गरेको छ।

रवि लामिछानेलाई थुना बाहिरै राखेर अनुसन्धान गर्न सांसद कार्कीको माग

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.चन्दा कार्कीले सभापति रवि लामिछानेलाई थुना बाहिर राखेर अनुसन्धान गर्न सरकार समक्ष माग गरेकी छिन्।

कास्की प्रहरीले भन्यो: हिरासतमा रविमाथि दुर्व्यवहार भयो भन्नु भ्रामक

जिल्ला प्रहरी कार्यालय कास्कीले हिरासतमा रहेका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि दुर्व्यवहार भयो भन्नु भ्रामक भएको बताएको छ।

रास्वपाले आज दिउँसो ३ देखि ५ बजेसम्म माइतीघरमा प्रदर्शन गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पनि काठमाडौं केन्द्रित विरोध प्रदर्शनलाई निरन्तरा दिने भएको छ।

विकल्पको विचलन

विवेकशीलका ती संघर्षको पृष्ठभूमिमा नयाँ भनिएका दलहरूको अहिलेको आन्दोलन हेरिँदैछ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यतिबेला आफ्ना सभापति रवि लामिछाने सहकारी ठगीलगायतका मुद्दामा पक्राउ परेपछि आन्दोलनमा छ। पोखराबाट सुरु भएको आन्दोलन काठमाडौँ आइपुगेको छ।

रास्वपा विरोध सभामा हिंसात्मक भाषण: यी बाहरूलाई गोली नहाने नि चिमोटी–चिमोटी मार्ने हो !

‘बा हरूलाई लखेटेनौँ भने, बाहरूलाई अर्को तीन वर्ष ०८४ सम्म खान दिए.. अहिले त ३५ वर्ष खानुभो । त्यो पछिको अर्को ३५ वर्ष यही नै हो । राणा शासनजस्तो १०४ वर्ष ।’

रास्वपा सांसद भन्छन्: जिबीलाई जिबी बनाउनेलाई सरकार उम्काउँदै छ

‘सरकार त रास्वपा विरुद्ध सानातिना आरोपलाई लिएर तानाबाना बुन्न लागिरहेको छ,’ उनले भने,‘ठग भन्दै कस्टडीमा थुन्न लागिरहेको छ ।’ रास्वपाका सबै सांसद थुनामा पर्न तयार रहेको पनि उनले बताए ।

रास्वपाको आन्दोलन आजदेखि काठमाडौँ केन्द्रित, माइतीघरमा भेला हुन आह्वान

कास्की जिल्ला अदालतले सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिए लगतै रास्वपाले आजदेखि नै काठमाडौँ केन्द्रित आन्दोलन सुरु गर्न लागेको हो।

रवि र छविविरुद्ध रुपन्देही अदालतबाट पनि पक्राउ पुर्जी जारी

रुपन्देही जिल्ला अदालतले पनि रास्वपा सभापति रवि लामिछाने, पूर्वडीआईजी छविलाल बन्जाडे जोशी माथि अनुसन्धान प्रहरीलाई अनुमति दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्