१४ आश्विन २०८१ सोमबार
image/svg+xml

‘एक्याप’ को प्रवेश शुल्क अब अनलानबाट तिर्न सकिने

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) भ्रमण जाने पर्यटकले अबदेखि अनलाइन प्रणालीबाटै प्रवेशाज्ञा (परमिट) लिन पाउने भएका छन्।

१९२ को मृत्यु, संकटमै ‘सम्पर्कविहीन’ सरकार

विपद् आइपरेपछि राहत र उद्धारमा चुकेको सरकारले आफूमातहतका कर्मचारीलाई फेला पार्न सकेको छैन।

अमेरिका भ्रमण सकेर स्वदेश फर्किँदै प्रधानमन्त्री

गत असोज ४ गते संयुक्त राष्ट्र सङ्घको ७९ औँ महासभामा भाग लिन अमेरिका भ्रमणमा गएका प्रधानमन्त्री ओली आज अपराह्न ४ बजे काठमाडौँ आइपुग्ने छन्।

खोटाङमा पहिरोले ३३ घर पुरिए, तराईसँग सिधा सम्पर्क विच्छेद

मानवीय क्षति नभए पनि करोडौँ मूल्य बराबरको क्षति पुगेको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए।

विद्युत् खम्बामा क्षति हुँदा एक हजार पाँच सय घरधुरी अन्धकारमा

बिहीवारदेखि परेको वर्षाका कारण यहाँको बुद्धसिंह मार्गअन्तर्गत नाल्दीमा विद्युत् खम्बामा क्षति पुग्दा दुई स्थानीय तहका एक हजार पाँच सय घरधुरीमा विद्युत् अवरुद्ध भएको छ।

फेरिँदै मनसुनी चरणः सुरुआत र अन्त्यतिर रेकर्ड ब्रेक गर्ने खालको वर्षा

विगतमा जुलाई, अगस्टमा धेरै वर्षा हुने गरेको थियो। पछिल्ला वर्षहरुको विवरणअनुसार सेप्टेम्बरमा बढी वर्षा हुने गरेको छ।

उपत्यकामा जारको पानीमा ‘दिसाजन्य वस्तु’

उपत्यकामा करिब एक दर्जन पानी उद्योगले बिक्री गर्दै आएको जारको पानी उपभोग गर्न अयोग्य प्रमाणित भएको छ।

आठ घन्टा लगाएर कोशी ब्यारेजको पुल सफा, यातायात सुचारु

कोशी नदीमा पानीको प्रवाह घटेपछि यातायात र पैदलयात्रीलाई आइतवार साँझबाट आउजाउ गर्न दिने निर्णय गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीले जानकारी दिए।

मधेस प्रदेश सरकारद्वारा आपत्कालीन रकम विनियोजन

मधेस प्रदेश सरकारले अविरल वर्षाले पुर्‍याएको क्षतिबापत् पीडितलाई राहत तथा पुनःस्थापना गर्न आठवटै जिल्लालाई एक÷एक करोड आपत्कालीन रकम विनियोजन गर्ने निर्णय गरेको छ।

महामारीजन्य रोगप्रति सचेत रहन विज्ञको सुझाव

प्राकृतिक विपद्का बेला महामारीजन्य रोगहरू निम्तिन सक्नेतर्फ विज्ञले सचेत गराएका छन् । अविरल वर्षाका कारण प्राकृतिक विपत्ति सृजना भएको उल्लेख गर्दै उनीहरुले यस्तो अवस्थामा विभिन्न रोग निम्तन सक्नेतर्फ सचेत गराएको हुन । उनहरुले बाढीपहिरोका कारण पानीका मुहान प्रदुषित हुने र पानी तथा किटजन्य रोग बढ्ने सम्भावना रहेको बताए ।

माथिल्लो सडकबाट पहिरो खस्दा झ्याप्ले खोलामा दुर्घटना

असोज ११ गते शुक्रबार साँझदेखि नै देशभर भीषण वर्षा भयो । यसले सडकमा गुडिरहेका सवारीसाधन राम्ररी चल्न पाएका थिएनन् । अवरोध छिचोल्दै काठमाडौँतर्फ आउँदै गरेका सवारीसाधन नागढुङ्गाको ओरालोको जाममा फसे । सानातिना पहिरा त्यसअघि नै खसिसकेका कारण सवारीसाधन अघि बढ्न सकेनन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्