३ मंसिर २०८१ सोमबार
image/svg+xml

मनाङमा चार जना चिनियाँ पर्यटक सम्पर्कविहीन

अन्नपूर्ण फेरोको पदमार्गमा रहेका चारजना चिनियाँ पर्यटक पनि मनाङ खण्डबाट सम्पर्कविहीन भएका छन्। सञ्चार सम्पर्क नहुने क्षेत्रमा ती पर्यटक रोकिएको हुनसक्ने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले बताएको छ। हिमपातले पदमार्गको माथिल्लो क्षेत्रमा सञ्चार सम्पर्क विच्छेद छ।

अन्नपूर्ण पदमार्गमा बेपत्ता पर्यटक अझैं भेटिएनन् (फाेटाे फिचरसहित)

अन्नपूर्ण आधारशिविर (एबिसी) पदमार्गमा हिमपहिरोमा परेका विदेशी पदयात्री र नेपाली गाइड अझै सम्पर्कमा आएका छैनन्।

अन्नपूर्ण पदमार्गमा हिमपहिरो, पर्यटक हराएको आशंका

हिमपहिरोमा परेर अन्नपूर्ण आधारशिविर (एबिसी) को पदमार्गमा केही विदेशी पर्यटक सम्पर्कविहीन भएका छन्। पदयात्रामा रहेका चिनियाँ र कोरियन पर्यटकको समूह हिमपहिरोमा परेको प्रहरीले बताएको छ। पर्यटकलाई लिएर पदयात्रामा गएका गाइड पनि हिमपहिरोमा परेका छन्।

त्रियुगामा ५० हजार पर्यटक भित्र्याउने तयारी

उदयपुरको त्रियुगा नगरपालिकाले ‘पर्यटन वर्ष २०२०’ लाई सफल पार्न बिबिध कार्यक्रम गर्ने तयारी गरेको छ। सरकारले घोषणा गरेको भ्रमण वर्षमा त्रियुगामा ५० हजार पर्यटक भित्र्याउने गरी बिभिन्न कार्यक्रम गर्न लागेको नगरपालिकाले जनाएको छ।

भ्रमण वर्षको योजना छैन कैलालीका स्थानीय तहसँग

नेपाल भ्रमण वर्ष २०२० शुरु भए पनि कैलालीको पूर्वी क्षेत्रका स्थानीय तहले पर्यटन लक्षित कुनै योजना तयार पार्न सकेका छैनन्।

महत्वपूर्ण गन्तव्य घुम्न छुटाउछन् भारतीय पर्यटक

पर्यटन व्यवसायीका अनुसार पोखरामा वर्षमा करिब डेढ लाख भारतीय पर्यटक भित्रिन्छन्। ती मध्ये आधाजति धार्मिक उद्देश्यले भित्रिएका भारतीय पाहुना हुन्छन्।

भूकम्पले सिकाएको पाठ

महिलाले भान्छाको काम गर्दा पुरुष सरसफाइको काममा जुटेका हुन्छन्। खाना महिलाले मात्र पकाउँदैनन्, पुरुषले पनि पकाउँछन्। यो काम महिलाले गर्ने, त्यो काम पुरुषले गर्ने भन्ने छैन। त्यसैले पनि ह्योल्मो समुदाय अन्य समुदायको तुलनामा विशेष छ।

दोलखा घुम्ने निम्तो

दोलखाका तन्नेरीहरूले ‘जाऔं है दोलखा’ अभियान चलाउँदै छन्। यसले स्थापित गन्तव्यमा चहलपहल बढाउने र ओझेल परेका ठाउँलाई चम्काउने छ।

पार्किङ र रुट परमिटको नाममा भारतीय पर्यटकलाई सास्ती

स्थल मार्ग भएर सबैभन्दा धेरै पर्यटक भित्रने बेलहिया नाकामा अव्यवस्थित पार्किङ र अतिरिक्त शुल्कका कारण पर्यटकले सास्ती खेप्नु परेको छ। भारतीय गाडीसहित नेपाल आउने पर्यटकले सवारीसाधन भन्सार सुविधा लिनु पर्छ।

आहा ! शैलुङ (फोटो फिचर)

माथी माथी शैलुङेमा चौरी डुलाउनेलाई, हत्केलामा मायाको गुराँस फुलाउनेलाई.. कुन्ती मोक्तानको चर्चित यो गित सुन्ने बितिकै सबैलाई दोलखास्थित सुन्दर पर्यटकीय क्षेत्र शैलुङको याद आउँछ।

पाटन दरबारमा बज्ने भए परम्परागत बाजा

मंगलबजारमा अवस्थित पाटन दरबार संग्र्रहालयले मुलुकको परम्परागत बाजा बजाएर पर्यटकलाई मनोरञ्जन गराउने भएको छ। आउँदो माघ मध्यमा नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी संग्र्रहालयले पाटनमा बढीभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन बाजा बजाएर प्रत्यक्ष प्रसारण गर्न लागेको हो।

एक सय ६ मुलुकका ५८ हजार पुगे

‘जुन–जुन मुलुकबाट एकजनाको दरले विदेशी पाहुना भित्रिएका छन्। ती पाहुनालाई नै नेपालबारे प्रचार गर्ने गरी पर्यटन दूत बनाउने हो भने आगामी वर्ष आगमन अवश्य बढ्छ,’ भुजेलले भने, ‘यसमा सरकारले चासो लिनुपर्छ।’

सुदूरपश्चिममा दिनहुँ हजार पर्यटक

खान, बस्नका लागि राम्रो सुविधा र सुरक्षा छ भन्ने सन्देश प्रवाह गर्न सकिए भारतबाट सुदूरपश्चिममा ठूलो संख्यामा पर्यटक आउन सक्छन्,’ उनले भने । सीमा नाकाबाट ४८ किलोमिटर दूरीमा रहेको कैलालीकै खानीडाडाका साथै डडेल्धुरालगायत पहाडी जिल्लाका विभिन्न ठाउँ तराईको गर्मी छल्न सम्भावना भएका ठाउँ हुन् । यसका साथै यहाँबाट थुप्रै हिमाल हेर्न सकिन्छ ।

घटे भक्तपुर भित्रिने पर्यटक

भक्तपुर भित्रिने पर्यटकको संख्यामा कमी आएको छ। गएको आर्थिक वर्षको साउनदेखि मंसिरसम्मको पाँच महिनाको अवधिको तुलनामा यो वर्षका सोही पाँंच महिनामा भक्तपुर नगर भित्रिने पर्यटकको संख्यामा कमी आएको हो।

रसुवागढीमा ३१ हजार पर्यटक भित्रिए

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट सन् २०१९ मा ३१ हजारभन्दा बढी चिनियाँ तथा विदेशी पर्यटक नेपाल भित्रिएका छन्। सन् २०१९ को जनवरीदेखि डिसेम्बर अन्तिमसम्म ३१ हजार एक सय ३५ पर्यटक नेपाल भित्रिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्