५ आश्विन २०८१ शनिबार
image/svg+xml

बाग्मतीबाट बक्सर छनोट

गण्डकी प्रदेशमा तय आगामी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि मंगलबार बाग्मती प्रदेशबाट बक्सिङमा १३ पुरुष र १० महिला बक्सर छनोट भएका छन्।

नवौं राष्ट्रिय खेलकुदः गण्डकी प्रदेशमै प्रशिक्षक छैनन्

नवौं राष्ट्रिय खेलकुदको तयारी शुरु भईसकेको छ। गण्डकी प्रदेशको राजधानी पोखराबाटै प्रशिक्षण एवं छनोट प्रतियोगिता शुरु भएको दुईदिन अघि घोषणा गरिएको थियो। नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल प्रतिस्पर्धा र २ खेल प्रदर्शनी गरी ३८ खेल समावेश गरिएको छ। समय घर्किदैं जादाँ मनाङ, मुस्ताङ, तनहुँ र लमजुङमा कोही पनि प्रशिक्षण छैनन।

कालीगण्डकीका ३ हजार ४ सय घरधुरीमा एक घर एक धारा

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका तीन हजार चारसय घरधुरीमा ‘एक घर, एक धारा’ जडान गरिएको छ।

गण्डकीमा मागको ३० प्रतिशत मात्रै बीउ उत्पादन

वार्षिक रुपमा गण्डकीका लागि छ हजार २०० मेट्रिक टन धानको बीउ, पाँच हजार २८ मेट्रिक टन मकैको बीउ, चार हजार ८०० मेट्रिक टन गहुँको बीउ र ३२ हजार मेट्रिक टन आलुको बीउ आवश्यक पर्ने कृिष विकास श्रोत केन्द्र स्याङ्जाका बाली विकास अधिकृत सुदीप रेग्मीले जानकारी दिए।

गण्डकी र प्रदेश १ का सांसदलाई बजेट नबाँड्न आयोगको निर्देशन

निर्वाचन आयोगले प्रदेश १ र गण्डकी प्रदेशलाई निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रममार्फत कार्यविधि बनाएर सांसदलाई बजेट नबाँड्न निर्देशन दिएको छ।

गण्डकी प्रदेश प्रमुख गुरुङ भन्छन्, ‘भाषा, धर्म र संस्कृति सभ्यता र सम्पन्नताका सूचक’

श्रीकृष्ण जन्माष्टमीका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले मुलुकको सभ्यता र सम्पन्नताका सूचक भाषा, धर्म, कला, संस्कृति, परम्परा तथा रीतिरिवाजलाई जोगाउन सबैको एकताबद्ध प्रयास आवश्यक रहेको बताए।

तनहुँमा करेन्ट लागेर बाबु–छोराको मृत्यु, आमा घाइते

तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित गुहेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर बिहीबार बाबु–छोराको मृत्यु भएको छ। उक्त घटनामा आमा घाइते भएकी छिन्।

देशका केही ठाँउमा मेघगर्जन र चट्याङ्गसहित वर्षा

आज दिउँसो देशभर सामान्य बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

सूचनाको हक आमा समूह, क्लवदेखि अस्पतालसम्म लागु हुने

ऐनमा निजी संघसंस्थाहरुमा पनि सूचनाको हक लागु हुने प्रावधान छ। यसअघी सार्वजनिक निकायमा मात्रै सूचनाको हक लागु हुने गरेको थियो।

गाउँपालिका अध्यक्षको पहिलो महिनाको तलब विद्यालयलाई

उनले आफ्नो पहिलो महिनाको ३६ हजार दुई रुपैयाँ पाँदेलटार स्थित ज्ञानमार्ग माध्यमिक विद्यालयलाई उपलब्ध गराएका हुन्।

गण्डकी खेलकुद परिषद भवन उदघाटन, खेलाडीलाई पौष्टिक आहार

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयको अगुवाईमा विभिन्न खेलका खेलाडीहरुलाई पौष्टिक आहार(डाईट) उपलब्ध गराइएको छ।

‘शिक्षाको ज्योति छर्नेहरू भगवान् सरह’ हुन्ः पृथ्वीमान गुरुङ

शिक्षासेवी जोर्ज जोनको नाममा स्थापित जोर्जजन शिक्षा प्रतिष्ठानको पोखरामा आज आयोजित २४ औँ वार्षिकोत्सव, शिक्षासेवी सम्मान एवं छात्रवृत्ति वितरण कार्यक्रममा प्रदेश प्रमुख गुरुङले शिक्षाको ज्योति फैलाउने असल गुरुको रूपमा चिनिनुहुने जोर्जजोनको योगदान अतुलनीय रहेको बताएका हुन्।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति सार्न माग

पोखरामा शुक्रबार पत्रकार सम्मेलनमा नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रिय अध्यक्ष देवेन्द्र शेरचनले आफूहरुलाई अपनत्वसमेत नदिइएको र दशैंतिहारको बेलामा खेलकुद प्रतियोगिता उपयुक्त नहुने भएकोले मिति परिमार्जन हुनुपर्ने बताएका छन्।

अवरुद्ध बेनी–जोमसोम सडक तीन दिनपछि खुल्यो

अविरल वर्षाका कारण म्याग्दी र मुस्ताङको सिमाना काभ्रेभिरमा सुक्खा पहिरो गएको र सोही स्थानको घोप्टे ओढारमा सडक भासिएपछि अवरुद्ध बनेको सडक मर्मत गरेर सञ्चालनमा ल्याइएको हो। सडक सञ्चालन भएसँगै सवारीसाधन ओहोरदोहोर गर्न थालेका बेनी–जोमसोम सडकका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिए।

गण्डकी प्रदेशः चारवटा जिल्लासँगको सडक सञ्जाल बिच्छेद

अविरल वर्षापछिको पहिरोले राजमार्ग अवरुद्ध हुँदा विभिन्न जिल्लासँगको सडक सम्पर्क टुटेको छ। पहिरोले गर्दा कतिपय जिल्लासँगको पूरै सम्पर्क टुटेको छ भने केहीसँग आंशिक रुपमा मात्र बिच्छेद भएको छ। सडक सञ्जाल बिच्छेद हुँदा स्थलमार्ग हुँदै आउजाउ गर्ने यात्रुलाई सास्ती भएको छ। त्यस्तै पोखराबाट विभिन्न गन्तव्यमा हुने हवाई उडान पनि पुरै अवरुद्ध भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्