१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

गण्डकी प्रदेश प्रमुख गुरुङ भन्छन्, ‘भाषा, धर्म र संस्कृति सभ्यता र सम्पन्नताका सूचक’

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले भाषा, धर्म र संस्कृति हाम्रो सभ्यता र सम्पन्नताका सूचक रहेको बताएका छन्। श्रीकृष्ण जन्माष्टमीका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले मुलुकको सभ्यता र सम्पन्नताका सूचक भाषा, धर्म, कला, संस्कृति, परम्परा तथा रीतिरिवाजलाई जोगाउन सबैको एकताबद्ध प्रयास आवश्यक रहेको बताए।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाइने सन्देशमा भनिएको छ।

सन्देशमा द्वापरयुगमा कंशको अत्याचार बढेपछि त्यसबाट मानव जातिको उद्धार गर्न वासुदेव र देवकीको आठौँ सन्तानका रूपमा आजकै दिन भगवान् श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास रहेको उल्लेख गरिएको छ।

‘बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त हाम्रो समाजलाई एकताको सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा सद्भाव कायम गर्न यस पर्वले सहयोग पुर्‍याउने छ’, सन्देशमा भनिएको छ। 

प्रकाशित: ३ भाद्र २०७९ ०६:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App