३ आश्विन २०८१ बिहीबार
image/svg+xml

मुस्ताङबाट पोखराका लागि हिडे ५४ सय च्यांग्रा

डोल्पा र चीनको स्वशासित क्षेत्र तिब्बतबाट नआएपछि यो पटक हिमाली जिल्ला मुस्ताङबाट करिब आठहजार च्यांग्रा मात्र पोखरा झर्ने भएका छन्। अघिल्ला वर्षमा डोल्पा र तिब्बतबाट पर्याप्त आउँदा मुस्ताङबाट पोखरा झर्ने च्यांग्राको संख्या ठूलो हुने गरेको थियो। अहिलेसम्म ५ हजार ४ सय च्यांग्रा मुस्ताङबाट पोखराका लागि हिडिसकेका छन्।

चीन जान उपल्लो मुस्ताङबासीलाई अनुमतिपत्र

मुुस्ताङका नेपाल–चीन सीमा क्षेत्रका दुई गाउँपालिकाका बासिन्दाका लागि प्रस्थान प्रवेश अनुमतिपत्र वितरण गर्न थालिएको छ।

महंगो परेपछि खाद्यले दसैंमा मुस्ताङी च्यांग्रा नकिन्ने

खरिद मूल्य महंंगो पर्ने र पर्याप्त मात्रामा नपाएको भन्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले दसैंका लागि हिमाली जिल्ला मुस्ताङबाट च्यांग्रा नकिन्ने भएको छ। मुस्ताङको साटो रसुवाबाट च्यांग्रा खरिद गर्ने खाद्यको तयारी छ। खाद्यले योपटकको दसैंमा खरिद गर्नेगरि खसीबोका र च्यांग्राका लागि बजेट भने छुट्याएको छ।

प्रधानमन्त्रीको चीन भ्रमणः खुल्ला त कोरला नाका ?

प्रधानमन्त्री पुष्पकमल दाहाल साताव्यापी चीन भ्रमणमा छन्। प्रधानमन्त्री दाहालको चीन भ्रमणसँगै गण्डकी प्रदेशका बासिन्दाले भने एउटा अपेक्षा राखेका छन्। त्यो अपेक्षा हो–मुस्ताङको कोरला नाका खुल्ने। चीनको स्वशासित क्षेत्र तिब्बत र मुस्ताङको लोमान्थाङ गाउँपालिकाको सिमाना पर्ने कोरला नाका खुल्ने हो भने त्यसले समग्र नेपालको अर्थतन्त्रमा बलियो अर्थ राख्ने स्थानीयको भनाई छ।

‘अर्गानिक’ आलु भित्र्याउँदै मुस्ताङ

खुकुलो माटोमा कुनैपनि रासायनिक मल प्रयोग नगरि फलाएको मुस्ताङको आलु पोखरा लगायतका क्षेत्रमा बिक्री हुने गरेको छ। किसानका अनुसार आलुलाई बजारको अभाव छैन। जेठमा रोपेको आलु अहिले बल्ल खन्ने बेला भएको स्थानीयले बताएका छन । बाख्राको मल हालेर गरेको खेती भएकोले यो आलु शुद्ध अर्गानिक उत्पादन भएको किसानको भनाई छ ।

मुस्ताङमा आजदेखि स्याउ टिप्न सुरु

मुस्ताङको मार्फा, टुकुचे, कागबेनी, मुक्तिनाथ, झोङ, छुसाङ, चैले लगायतका ठाउँका स्याउ बगैँचामा लटरम्मै स्याउ फलेका छन्। स्याउको राजधानीसमेत भनिने मार्फा र टुकुचेका बगैंचा स्याउले राताम्य भएका छन्।

मुस्ताङमा ५५ करोडको स्याउ उत्पादन

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ (स्याउ जोन) जोमसोमका सूचना अधिकारी नेत्रप्रसाद भट्टका अनुसार यो वर्ष करिब ५५ सय मेट्रिक टन स्याउ फलेको अनुमान छ ।

कागबेनी पुर्ननिर्माणमा सघाउन प्रदेश सरकारको दातासँग अनुरोध

प्राकृतिक प्रकोपमा परेका कारण ठुलो क्षति भोगेको कागबेनीको पूर्ननिर्माणमा सघाउन गण्डकी प्रदेश सरकारले दातृ निकायसँग सहयोग मागेको छ।

धमाधम स्याउ टिप्दै मुस्ताङका किसान (फोटोफिचर)

असोज १ पछि टिप्न पाइने भनेपनि किसानले ‘हाइ डेन्सिटी’ को ‘गाला’ र ‘किङरोट’ ब्राण्डको स्याउ भने टिप्न थालेका छन्।

मुस्ताङ गल्फ कोर्षः पहिलेको चरन क्षेत्र, अबको गल्फ कोर्ष

समुद्री सतहदेखि ४ हजार ६ सय ४५ मिटरको उचाईको मुस्ताङ गल्फ कोर्षमा शनिबार ‘विश्वकै उच्च उचाईमा दोस्रो गल्फ प्रतियोगिता’ हुदैं छ। विश्वकै उच्च उचाईको गल्फ कोर्षको कीर्तिमानसहित गिनिज बुकमा लेखाउने तयारी छ।

जुम्ला–मनाङ सडकको काम तीव्र गतिमा हुँदै

जुम्ला सदरमुकाम खलङ्गादेखि डोल्पा हुँदै मनाङ र मुस्ताङसम्म जोड्ने सडकको काम तीव्रगतिमा अघि बढाइएको छ।

मुस्ताङकाे बाढीमा पुरिएको डेढ करोड फेला

मुस्ताङको कागबेनीमा बाढीले पुरिएको डेढ करोड रुपैयाँभन्दा बढी रकम फेला परेको छ। आइतबार स्थानीयवासी, सुरक्षाकर्मी र बैंकका कर्मचारीद्वारा भग्नावशेष उत्खनन् गर्ने क्रममा उक्त रकम भेटिएको हो।

कागबेनीमा एकजुट सहयोगी मनहरु

प्राकृतिक विपद्को मारमा परेको धार्मिक क्षेत्र मुक्तिनाथ मन्दिरको प्रवेशद्वारमा पर्ने कागबेनी यतिबेला पीडामा छ। पीडामा रहेको कागबेनीलाई उठाउनका लागि अहिले सिंगो जिल्ला दिनरात नभनि खटेको छ। सरकारी कार्यालयदेखि निजी क्षेत्रका कर्मचारी, स्थानीयबासि, गाउँले, आसपासका गाउँका बासिन्दा अहिले कागबेनीलाई पहिलेकै स्वरुपमा फर्काउने पहलमा जुटेका छन्। जिल्लाभित्रका मात्र नभई बाहिरबाट गएर बसेका नागरिक पनि अहिले कागबेनीलाई उठाउने प्रणमा छन्।

मुख्यमन्त्री पाण्डे भन्छन्ः हेलिकप्टरमा कागबेनी जाने पैसाले बाढीपीडितलाई सामान किनेर पठाए

मुस्ताङको कागबेनीमा पहिरोले वितण्डा मच्चाउँदा पनि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे स्थलगत अवलोकनका लागि नगएको भन्दै आलोचना गरेका थिए। त्यसको जवाफमा पाण्डेले आफू नगएपनि त्यहाँको नियमित रिपोर्टिङ लिने र आवश्यक निर्देशन दिने गरेको बताए।

कागबेनी बाढीः बिस्थापितहरु आफन्तकहाँ, मजदुरलाई बढी समस्या

गत आइतबार बाढीको चपेटामा परेका मुस्ताङको वारागुँ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका बासिन्दा अझै घर फर्किन सकेका छैनन्। बाढीको चपेटामा परेपछि बिस्थापित भएका गाउँले आफन्तकहाँ बसेका छन्। कामका लागि गएका मजदुरहरु स्थानीयको शरणमा छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्