४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

‘अवरोध नभए पाहुना पुग्छन्’

'सिन्डिकेट’ अवरोधमा कुनैबेला सर्वाधिक ‘बदनामी’ कमाएको जिल्ला हो मुस्ताङ । स्थानीय यातायात व्यवसायीले लादेको सिन्डिकेटका कारण त्यो बेला मुस्ताङ पुगेका धेरै पर्यटकले पाउनुसम्मको सास्ती पाए।

मुस्ताङमा प्रिज्म इन्टरनेशनल युथ क्याम्प

मुस्ताङमा प्रथम पटक प्रीज्म इन्टरनेशनल युथ क्याम्प हुने भएको छ। लियो जिल्ला परिषद ३२५ बी २ नेपालले उक्त युथ क्याम्प गर्न लागेको हो। कात्तिक १४ देखि १८ सम्म हुने उक्त अन्तर्राष्ट्रिय युवा सम्मेलनमा सयौंको संख्यामा युवाहरु सहभागी हुने जिल्ला परिषदका अध्यक्ष तारा गुरागाईले जानकारी दिए।

मुस्ताङमा एकैदिन चार हजार पर्यटक

प्रचार–प्रसार, सहज यातायात, सुरक्षा व्यवस्था, प्राकृतिक सम्पदा संरक्षण र अन्य आवश्यक पूर्वाधार विकास गरिए विदेशी पर्यटक कुर्नुपर्दैन, आन्तरिक पर्यटकबाटै मनग्य आम्दानी गर्न सकिन्छ।

मुस्ताङबाट २६ हजार भेंडाच्यांग्रा बाहिरिए, ३५ करोड कृषकको हातमा

दसैं तिहारमा हिमाली जिल्लाबाट करिव २६ हजार भेंडाच्यांग्रा बाहिएका छन् । पर्याप्त चरन, बजार मूल्यका साथै भेंडापालनमा आकर्षण बढ्दै जान थालेपछि गत वर्षभन्दा धेरै भेंडाच्यांग्रा निकासी भएको छ।

मुस्ताङमा नेपालकै दोस्रो अग्लो विमानस्थल

उपल्लो मुस्ताङमा पनि एयरपोर्ट बन्ने भएको छ । उचाइका हिसाबले यो नेपालकै दोस्रो अग्लो विमानस्थल हुनेछ।

जोमसोममा कृषि विकास बैंकको अनलाइन सेवा

मुस्ताङको जोमसोमस्थित कृषि विकास बैंकमा अनलाइन बैकिङ सेवा सुरु भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाले उक्त सेवाको औपचारिक उद्घाटन गरेको बैंकले जनाएको छ।

बेनी–जोमसोम सडक छियाछिया

हिमालपारिको जिल्ला मुस्ताङ पुग्ने एकमात्र स्थलमार्ग पहिरो र कालिगण्डकी नदीको कटानले छियाछिया परेको छ।

मुस्ताङमा माटोका छानो चुहिएर समस्या

पहिले–पहिले कम पानी पर्ने हिमाली जिल्ला मुस्ताङमा यस वर्ष भीषण वर्षा भएपछि माथिल्लो भेगका अधिकांश कच्ची घर चुहिएका छन्।

सडक सम्पर्कबाट जोमसोम विच्छेद

न्यून वर्षा हुने हिमालपारिको जिल्ला मुस्ताङमा अहिले दिनहुँजसो वर्षा भइरहेको छ। निरन्तरको वर्षाले हिमाली जिल्लमा बाढीपहिरो निम्त्याएको छ।

घाइते लिन मुस्ताङ गएकाे सेनाकाे हेलिकाेप्टर म्याग्दीमा आकस्मिक अवतरण

मुस्ताङको दामोदरकुण्ड गाउँपालिका–३ याङ्बोचेमा ट्रिपर दुर्घटनामा ज्यान गुमाएका मजदुरको शव लिन गएको नेपाली सेनाको हेलिकाेप्टर मौसम खराबीले म्याग्दीमा आकस्मिक अवतरण गरिएको छ।

मुस्ताङमा ट्रिपर पल्टँदा १५ जनाको मृत्यु, मृतकको सनाखत (अपडेट)

हिमालपारिको जिल्ला मुस्ताङमा भएको ट्रिपर दुर्घटनामा कम्तिमा १५ जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो भएको उक्त दुर्घटनामा परि २२ जनाजति घाईते भएको प्रारम्भिक जानकारी आएको छ ।

मनाङ र मुस्ताङ जाने पर्यटकलाई डलरमा शुल्क झन्झटिलो

मुस्ताङ र मनाङका अर्ध–निषेधित क्षेत्र घुम्न जाने विदेशी पर्यटकले अमेरिकी डलरमै बुझाउनुपर्ने प्रवेश अनुमति शुल्कको बाध्यकारी नियमलाई तत्काल परिमार्जन गर्न यहाँका व्यवसायीले आग्रह गरेका छन्। अमेरिकी डलरमा शुल्क तिर्नुपर्दा डलर अभाव हुँदाको बखत समस्या भोग्नुपरेको व्यवसायीको गुनासो छ।

मुस्ताङमा बेमाैसमी हिमपात

हिमाली क्षेत्रमा बाक्लो हिमपात भएको छ। चढ्दो गर्मीका बेला भएको हिमपातले स्थानीयको जनजीवन प्रभावित भएको छ। हिमाली जिल्ला मुुस्ताङका उच्च क्षेत्र हिउँले सेताम्य भएका छन्। मनाङको माथिल्लो क्षेत्रमा पनि हिउँ परेको छ।

माेदीकाे मुस्ताङ भ्रमणका लागि अन्नपुर्ण पदमार्ग बन्द गरिने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणका क्रममा मुुस्ताङको मुक्तिनाथ मन्दिर दर्शन गर्न जाने भएपछि त्यसको तयारी सुरु भएको छ। वैशाख २८ गते भारतीय प्रधानमन्त्री मोदी नेपाल भ्रमणमा आउँदैछन्। जनकपुर हुँदै हेलिकोप्टरमा मुक्तिनाथ मन्दिर पुगेर दर्शन गर्ने अहिलेसम्मको तालिका रहेको स्थानीय प्रशासनले बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्