१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

मुस्ताङमा ट्रिपर पल्टँदा १५ जनाको मृत्यु, मृतकको सनाखत (अपडेट)

पोखरा-हिमालपारिको जिल्ला मुस्ताङमा भएको ट्रिपर दुर्घटनामा कम्तिमा १५ जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो भएको उक्त दुर्घटनामा परि २२ जनाजति घाईते भएको प्रारम्भिक जानकारी आएको छ ।
जोमसोम–कोरला सडक बनाउन कामदार बोकेर गएको बा २ क २२१९ नम्बरको ट्रिपर कच्चि सडकमा सन्तुलन गुमाउँदा दुर्घटनामा परेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेले जानकारी दिए । उनका अनुसार दुर्घटनमा धेरै कामदार घाइते भएका छन् । उनीहरुको उद्धारको तयारी भईरहेको उनले बताए । पहाडी जिल्लाबाट कामका लागि गएका मजदुर सवार ट्रिपर दुर्घटनामा परेको उनले बताए । मृतकको सनाखत हुन सकेको छैन ।  
गाडी सडकबाट करिब ६० मिटर तल खोँचमा खसेको छ । जोमसोम–कोरला खण्डको भेनामदेखी झैतेसम्मको सडकमा काम गर्ने ती कामदार बिहानको खाना खाएर काममा फर्कदै गर्दा ट्रिपर दुर्घटनामा परेको उनले बताए । घाइतेको उद्धारका लागि एयर डाइनेष्टिको हेलिकोप्टर काठमाडौंबाट जाँदै गरेको उनले बताए । सेनाको हेलिकोप्टर पनि माग गरेको पौडेलले जानकारी दिए । मुस्ताङ प्रहरी प्रमुख डिएसपी महेन्द्र खड्काले स्थलमार्गबाट प्रहरी घटनास्थल तर्फ हिँडिसकेको बताए। घटनास्थल जोमसोमदेखि ५ घण्टा टाढा पर्छ।

मृतकहरुको नामावली:-

 

१ जि. दाङ वर्ष ३० को बाल कुमार घर्ती

 

२ जि. रोल्पा वर्ष २८ को सुकमान रोका

३ जि. धादिङ वर्ष २३ को सुजन घलान (चालक)

४. जि. सिन्धुली वर्ष २०को जिवन माझी

५. जि. कैलाली वर्ष २२ को बिन्ती घर्ति

६. जि. रोल्पा वर्ष १९ को महेश रोका

७. जि. कपिलवस्तु वर्ष ३५ को कमान सिंह रोका

८. जि. दाङ वर्ष ३१ की कबिता घ.म. (महिला)

९. जि. रोल्पा वर्ष ३२ को रामकुमार पुन

१० जि. दाङ वर्ष ३५ को सुबेर चौधरी

११. जि. कैलाली वर्ष २३ की बिनिता घर्ती (महिला)

१२. जि. दाङ वर्ष ४३ की शान्ती थापा ( महिला )

१३. जि. रोल्पा वर्ष ३२ की सोन्तु घर्ती (महिला )

१४. जि. स्याङ्जा वर्ष २४ को कृष्ण क्षेत्री

१५. जि. दाङ वर्ष २५ को कमल बुढा

प्रकाशित: २२ असार २०७५ ०९:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App