४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

मुस्ताङमा प्रिज्म इन्टरनेशनल युथ क्याम्प

फाइल तस्बिर

मुस्ताङ– मुस्ताङमा प्रथम पटक प्रीज्म इन्टरनेशनल युथ क्याम्प हुने भएको छ। लियो जिल्ला परिषद ३२५ बी २ नेपालले उक्त युथ क्याम्प गर्न लागेको हो। कात्तिक १४ देखि १८ सम्म हुने उक्त अन्तर्राष्ट्रिय युवा सम्मेलनमा सयौंको संख्यामा युवाहरु सहभागी हुने जिल्ला परिषदका अध्यक्ष तारा गुरागाईले जानकारी दिए।  

सन् २०१८ को विशेष प्राजेक्टको रुपमा हुन गइरहेको अन्तराष्ट्रिय युथ क्यामले आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड दिएको छ। दोस्रो पटक गर्न लागेको उक्त युथ क्याम्पले मुस्ताङ क्षेत्रको पर्यटन प्रवद्र्धन थप प्रभावकारी सन्देश जाने क्लवका अध्यक्ष गुरागाईको भनाई छ। 

लियो जिल्ला परिषद ३२५ बी २ नेपालले कार्तिक १४ मा पोखरामा एक कार्यक्रमगरी युथ क्याम्पको उद्घाटन गर्ने छ। यस्तै, जोमसोम, छुसाङ, मुक्तिनाथ, कागबेनी, मार्फाको समेत भ्रमण हुने क्लबले जनाएको छ। लियोको जिल्ला परिषदले ब्रान्ड एम्बेसडरको भूमिकामा पत्रकार तथा लेखक सुविन भटराईलाई अघि सारेको छ। 

लायन्सको युथ प्रोजेक्ट लियोले बार्षिक रुपमा विश्वभरि विभिन्न कार्यक्रम गर्ने गरेका छन्। नेपालमा पनि प्रत्येक वर्ष सामाजिक रुपान्तरण र नेपालको प्रवद्र्धनका लागि विभिन्न रचनात्मक तथा सन्देशमुल कार्यक्रम लियोहरुले गर्दै आएका छन्। 

प्रकाशित: ९ कार्तिक २०७५ १६:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App