३ आश्विन २०८१ बिहीबार
image/svg+xml

पृथ्वी राजमार्ग एकतर्फी खुल्यो

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको ब्यास नगरपालिका–५ कन्टारमा भासिएको सडक एकतर्फी संचालनमा आएको छ। सडक भासिँदा दिउँसो साढे १२ बजेदेखि राजमार्ग पूर्णरुपमा अवरुद्ध थियो।

धादिङको गणेशखोला पुलमा फेरि भ्वाङ, सवारी आवागमन बन्द

बन्द भएको १८ घण्टापछि हिजो (मङ्गलबार) दिउँसोबाट एकतर्फी खुलेको राजमार्ग आज १२ बजेदेखि फेरि बन्द भएको हो।

१८ घण्टापछि एकतर्फी खुल्यो पृथ्वी राजमार्ग, दुईतर्फी खुल्ने संभावना न्यून

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धार्केमा पुलको छेउमा जमिन भासिएर अवरुद्ध बनेको सडक एकतर्फी खुलेको छ।धुनिवेशी नगरपालिका–६ र थाक्रे गाउँपालिका–८ को सिमाना जोड्ने गणेश खोला पुलमा सोमबार अपराह्न ४ बजेदेखि ठप्प बनेको राजमार्ग मंगलबार बिहान १० बजेबाट एकतर्फी खुलाएको हो।

बेनी–जोमसोम र पृथ्वी राजमार्ग बन्द

कालिगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक शुक्रबारदेखि दिनमा पाँचघण्टा बन्द हुने भएको छ। सडक आयोजनाको रुप्से खण्डमा बेलिब्रिज सहित पहिरो रोकथाम गर्नका लागि बेनी–जोमसोम सडक बन्द गर्न लागिएको हो।

फागुन १८ गतेदेखि पृथ्वी राजमार्ग बन्द गरी भीर काट्ने

मनसुन लागेपछि भीर कटान तथा सडक विस्तारमा समस्या हुनसक्ने सम्भाव्यतालाई मध्यनजर गरी राति यातायात बन्द गरी कार्य गरिने भएको हो।

चुनाव आयो भन्छन्, खै कहाँ आयो चुनाव?

चुनावमा गएर के गर्ने बेलुकीको छाक कसरी टार्ने भन्ने चिन्तामा रहनु परेको डुम्रेमा सडक व्यापार गर्दै आएकी गोर्खाको पालुङटार नगरपालिका–७ माहिलीटारकी ५० वर्षीया देवीमाया कुमाल बताउँछिन्। ‘चुनाव आयो भन्छन्। खै कहाँ आयो चुनाव? भोट दियो नेताले जित्छन्। न त फर्केर आउँछन् न त हाम्रो दुःख फेरिन्छन्,’ उनी भन्छिन्,

पृथ्वी राजमार्ग विस्तार: ४६६ रुख काटिने

आयोजनाका वातावरण विज्ञ युवराज ढकालका अनुसार ९० प्रतिशत रुख कटान भइसकेको छ। बाँकी रहेका रुखमध्ये पनि सकेसम्म बचाएर काट्ने योजना रहेको उनले बताए।

तरकारी बोकेको मिनी ट्रक त्रिशूलीमा खस्यो

पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोला नजिक तरकारी बोकेको मिनी ट्रक अनियन्त्रित भएर त्रिशूलीमा खसेको छ।

त्रिशूली नदीमा ट्रक खस्यो

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार त्रिशूलीमा खसेको ट्रकको केही देखिएको छैन। ईट्टा, ट्रकको ढोकाको भाग र सिसा खसेको देखिएको छ।

राजमार्गको सास्तीपूर्ण यात्राले पर्यटनमा मार

व्यवसायीका अनुसार विदेशी मात्र नभई यातायात पहुँचको झन्झटले आन्तरिक पाहुनाको हिँडडुल पनि कम भएको छ। कतिपय कार्यक्रमका लागि भनेर राजधानीबाट बाहिरिएका पाहुना पोखरा नै आउन नपाएको उनीहरूले बताएका छन्। अहिले पोखरा–मुग्लिन राजमार्ग विस्तार भइरहेको छ।

भासिएको सडकबाट कार र मोटरसाइकल खस्यो

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखर ड्याममा भासिएको सडकबाट एउटा कार र मोटरसाइकल खसेको छ। निरन्तर परेको वर्षाका कारण आज बिहान भासिएको सडकबाट कार र मोटरसाइकल खसेको हो।

बसको ठक्करबाट सहचालकको मत्यु

चितवनमा बसले ठक्कर दिँदा सहचालकको मत्यु भएको छ। आज बिहान ४ बजेको समयमा ईच्छाकामना गाउँपालिकाको मौवाखोला नजिक पृथ्वी राजमार्गमा काठमाडौंबाट भारतको सिलगढी तर्फ जाँदै गरेको बा ५ ख ७८४३ नम्बरको (नेपाल भारत मैत्री) बसले आफ्नै सहचालकलाई ठक्कर दिँदा घटना स्थलमै मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्