२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

१८ घण्टापछि एकतर्फी खुल्यो पृथ्वी राजमार्ग, दुईतर्फी खुल्ने संभावना न्यून

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धार्केमा पुलको छेउमा जमिन भासिएर अवरुद्ध बनेको सडक एकतर्फी खुलेको छ।धुनिवेशी नगरपालिका–६ र थाक्रे गाउँपालिका–८ को सिमाना जोड्ने गणेश खोला पुलमा सोमबार अपराह्न ४ बजेदेखि ठप्प बनेको राजमार्ग मंगलबार बिहान १० बजेबाट एकतर्फी खुलाएको हो।

भासिएको ठाउँमा ग्याविन जाली भरेर एकतर्फी गाडी संचालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक शन्तुलाल प्रसाद जैसवारले जानकारी दिए। नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले रातभरी पनि काम गरेका थि

यातायात ठप्प हुँदा धार्के र धार्के आसपासमा लागेको सवारी जाम हटाउन हम्मे हम्मे छ। पुर्व पश्चिमका जिल्लाबाट रातीको समयमा धादिङ आइपुगेका सवारीलाई प्रहरीले चौकी र बजार क्षेत्र आसपासमा रोकेर राखेको छ।

पुर्व पश्चिमबाट राजधानी काठमाडौ आउँदै गरेका सवारीलाई प्रहरीले धादिङको जोगिमारा, मलेखु, घाटबेसी, आदमघाट लगायतका बजार र प्रहरी चौकी आसपासमा राखिएको छ। बाटो एक तर्फी खुलाइए पनि तत्काल सहजै बाटो पास गर्न कठिन छ। सयौँ सवारीहरू सडकमा रोकिएकोले ती गाडीहरू पार गराउन अझै केही घण्टा लाग्ने प्रहरीको भनाई छ।

प्रकाशित: १९ वैशाख २०८० ०४:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App