११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

त्रिशूली नदीमा ट्रक खस्यो

पृथ्वी राजमार्ग अन्तरगत त्रिशूली नदीमा  ट्रक खसेको छ। चितवनको इच्छाकामना गाउँपालिका ५ स्थित नाग्दी खोला भन्ने स्थानमा  ट्रक त्रिशूली नदीमा खसेको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार त्रिशूलीमा खसेको ट्रकको केही देखिएको छैन। ईट्टा, ट्रकको ढोकाको भाग र सिसा खसेको देखिएको छ।  

मुग्लिनबाट धादिङ तर्फ गई रहेको ट्रक त्रिशुली नदीमा खसेको हो।  

ट्रकले इट्टा बोकेर  गएको हुन सक्ने जिल्ला  प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीले जानकारी दिए। अहिले मुग्लिनबाट प्रहरी टोली घटना स्थल पुगेको छ ।ट्रक नदीमा डुबेकोले नम्बर खुलेको छैन।  

ट्रकमा को-को सवार थिए भन्ने हालसम्म नखुलेको उनले बताए।

प्रकाशित: २८ श्रावण २०७९ ०५:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App