११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

बसको ठक्करबाट सहचालकको मत्यु

चितवनमा बसले ठक्कर दिँदा सहचालकको मत्यु भएको छ। आज बिहान ४ बजेको समयमा  ईच्छाकामना गाउँपालिकाको मौवाखोला नजिक पृथ्वी राजमार्गमा काठमाडौंबाट भारतको सिलगढी तर्फ जाँदै गरेको बा ५ ख ७८४३ नम्बरको (नेपाल भारत मैत्री) बसले आफ्नै सहचालकलाई ठक्कर दिँदा  घटना स्थलमै मृत्यु भएको हो।

मृत्यु हुनेमा सुनसरीका २३ वर्षीय जनक दाहाल रहेका छन्। उनको शव पोष्टमार्टमको लागि भरतपुर सरकारी अस्पताल ल्याइएको चितवन प्रहरीले जनाएको छ। बस र चालक इलाका प्रहरी कार्यालय, मुग्लिनको नियन्त्रणमा रहेको छ।

प्रकाशित: २७ जेष्ठ २०७९ ०२:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App