१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

पृथ्वी राजमार्ग एकतर्फी खुल्यो

तनहुँमा अवरुद्ध रहेको पृथ्वी राजमार्ग। राजमार्ग अहिले एकतर्फी संचालनमा आएको छ। तस्बिरः नागरिक

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको ब्यास नगरपालिका–५ कन्टारमा भासिएको सडक एकतर्फी संचालनमा आएको छ। सडक भासिँदा दिउँसो साढे १२ बजेदेखि राजमार्ग पूर्णरुपमा अवरुद्ध थियो।  

तनहुँका प्रहरी प्रवक्ता डिएसपी मोहनबहादुर खाँणका अनुसार पौने चारबजे राजमार्ग एकतर्फी खुलेको छ। ‘राजमार्गमा चारमिटर जति खण्ड पूर्णरुपमा भासिएको थियो। त्यो खण्ड पुरेपछि तत्कालका लागि एकतर्फी संचालनमा ल्याइएको छ,’ खाँणले भने, ‘दुइतर्फी नै सडक खुलाउने प्रयास भईरहेको छ।’  

त्यसअघि राजमार्ग अवरुद्ध हुँदा पोखराबाट काठमाडौं, चितवन हुँदै विभिन्न गन्तव्यमा जानेगरि बाहिरिएका र मुग्लिन हँुँदै पोखरा र आसपासका जिल्लाका लागि आउँदै गरेका सवारी बीचमै रोकिएका थिए। पृथ्वी राजमार्गको यो खण्ड अहिले बिस्तारको क्रममा छ।

प्रकाशित: २४ श्रावण २०८० १०:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App