४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

पृथ्वी राजमार्गमा सडक भाँसिदा यातायात अवरुद्ध

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्याम नजिक सडक भाँसिदा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ। गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकको भाग भाँसिएको हो।

पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

चितवनको पृथ्वी राजमार्ग अवरुद्ध बनेको छ। ईच्छाकामना गाउँपालिका ४ नाग्दी खोला स्थित पृथ्वी राजमार्गमा माथिबाट पहिरो खस्दा सडक दुवै तर्फ अवरुद्ध बनेको हो।

धादिङमा दुर्घटनाः एकको मृत्यु, १६ घाइते

पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा ४ ख २७०४ नम्बरको माइक्रोले ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको बा ९ च ७०३६ नम्बरको कारलाई ठक्कर दिई पुनः सोही दिशाबाट आउँदै गरेको ना ६ ख २०१४ नम्बरको ट्रकसँग ठोक्किँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए।

पृथ्वी राजमार्ग विस्तारः स्थानीयलाई रक क्लाइम्बिङ हुने चुनपहरोको चिन्ता

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा पर्छ चुनपहरा। चुनपहराको फेंदबाट करिब २५ मिटर टाढा पृथ्वी राजमार्ग जोडिन्छ। राजमार्गको नजिकैबाट मर्स्याङ्दी नदी पनि बगिरहन्छ। अहिले पोखरा–मुग्लिन राजमार्ग विस्तारको काम सुरु भएको छ। राजमार्ग कम्तीमा चार लेनको बन्दैछ।

पृथ्वी राजमार्ग बिस्तारः रक क्लाईम्बिङ हुने चुनपहरोको स्थानीयलाई चिन्ता

तनहुँको बन्दीपुर गाउँपालिका–४ बिमलनगरको चुनपहराको फेँदबाट करिब २५ मिटर टाढा पृथ्वी राजमार्ग जोडिन्छ। राजमार्गको नजिकैबाट मस्र्याङदी नदी बगिरहन्छ। पोखरा–मुग्लिन राजमार्ग बिस्तारको काम सुरु भएको र त्यही क्रममा चुनपहरो केही खण्ड पनि भत्काउनुपर्ने अवस्था आउने र त्यसले पहरोमा भईरहेको रकक्लाइम्बिङलाई असर पर्ने भन्दै स्थानीयले पहरो जोगाउने पहल थालेका छन्।

पृथ्वी राजमार्ग मर्मतमा करोडौँ खर्च, सडकको अवस्था उस्तै

पृथ्वी राजमार्गको कोत्रे, हलेदी, गाछेपानी, मालेबगर, थर्पु, गुणादी, घाँसीकुवा, छिर्कन, डुम्रे बजार क्षेत्रका सडकमासानाठूला खाल्डा धेरै छन्।

राजमार्गमा निजी गाडी दुर्घटना: निद्रा, तीव्र गति र कम अनुभव कारक

मुग्लिन प्रहरीका अनुसार ग२च ४९१८ नम्बरको कार बिहीबार राति १२ बजेतिर अनियन्त्रित भई त्रिशूलीमा खस्दा पोखरा महानगरपालिका–१७ का प्रेमबहादुर भुजेल, लेखबहादुर भुजेल र ईश्वरी भुजेल बेपत्ता भएका हुन्।

त्रिशूलीमा कार खस्दा तीन जना बेपत्ता

इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमाकाठमाडौँबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् भने एक घाइते भएका छन्।

पृथ्वी राजमार्गको गल्छीमा पहिरो पन्छाइँदै

दुई दिनदेखि लगातार पानी परिरहेको छ। अविरल वर्षका कारण बाढीपहिराेले नागरिकलाई सास्ती दिएको छ।

बुधबारदेखि लामो दूरीमा बस चलाउने यातायात व्यवसायीको तयारी

सरकारले लामो दूरीको सार्वजनिक यातायात संचालन गर्न रोक लगाएपनि यातायात व्यवसायीले अटेर गर्दै सेवा थाल्ने तयारी गरेका छन् । लामो तथा छोटो दूरीमा बस सेवा संचालन गर्दै आएको पृथ्वी राजमार्ग बस संचालक कम्पनिले निषेधाज्ञा नहटाएपनि आगामि बुधबारदेखि देशभर लामो तथा छोटो दूरीको सार्वजनिक यातायात संचालन गर्ने बताएको छ ।

राजमार्गमा पहिरो नै पहिरो : ज्यान जोगाउनै मुस्किल

बर्षायाम सुरु भएसँगै राजमार्ग छेउका सडक भासिने, पुल भत्किने, पहिरो तथा लेते झर्ने समस्याले हरेक वर्ष पिरोल्ने गरेको छ।

धादिङमा पहिरोले ५ सवारी साधन पुरिएः दुईको मृत्यु, ६ जना घाइते

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १० जवाङ खोलामा पहिरोले सवारी साधन पुरिँदा शनिबार बिहान दुई जनाको मृत्यु भएको छ।

पहिरोले पृथ्वी राजमार्ग र मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

लेदोसहित खसेको पहिरोले राजमार्गका विभिन्न ठाउँ अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ। प्रहरी चौकी जोगिमाराका अनुसार धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं १० जोगिमारामा तीन ठाउँमा पहिरो गएको बताए।

पृथ्वी राजमार्ग ठाउँठाउँमा अवरुद्ध

तनहुँको पूर्वी नाका आँबुखैरेनीदेखि पश्चिम नाका कोत्रेसम्मको करिब ७२ किलोमिटर दूरी पर्ने राजमार्गको ठाउँठाउँमा पहिरो जाँदा अवरुद्ध भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्