१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पृथ्वी राजमार्गको गल्छीमा पहिरो पन्छाइँदै

फाइल तस्बिर

दुई दिनदेखि लगातार पानी परिरहेको छ। अविरल वर्षका कारण बाढीपहिराेले नागरिकलाई सास्ती दिएको छ। पृथ्वी राजमार्गअन्तर्गत धादिङ खण्डको गल्छी, थाक्रे, धुनिबेसी क्षेत्रका विभिन्न स्थानमा पहिराले राजमार्ग अवरुद्ध छ।  

‘लाइफलाइन’का रूपमा रहेको राजमार्ग क्षेत्रमा ठाउँठाउँमा पहिराेले यातायात साधन सञ्चालन हुन सकेको छैन। सडक विभाग र ट्राफिक प्रहरीको डोजरको सहायताले सडक सफा गरिरहेको तर वर्षका कारण पहिरो खस्ने क्रम भने जारी छ।  

आज पृथ्वी राजमार्गको गल्छी र त्रिभुवन राजपथको धादिङ काठमाडौँ सिमानामा रहेको चिसापानी नजिक पहिराेले आज दिनभर यातायात साधन रोकिएको थियो। ट्राफिक प्रहरी र सडक विभागको सहकार्यमा डोजरले पहिरो हटाएपछि यातायात सञ्चालनमा आएको छ। 

बिहानदेखि यातायात साधन रोकिएका कारण राजमार्गमा लामो जाम लागेको छ। 

प्रकाशित: १३ भाद्र २०७८ १३:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App