पहिरो पीडितलाई दसैँको भन्दा गुमाएका आफन्तको चिन्ता
दसैँ नजिकिएसँगै गाउँमा चहलपहल बढेको छ। छिमेकीले घर लिपपोत गरेर शृङ्गारेका छन्। परदेशिएका र सहर पसेका पनि चाडबाड मान्न गाउँ फर्किरहेका छन्। दसैँको माहोलले गाउँघरमा रौनक छाएको छ।
दसैँ नजिकिएसँगै गाउँमा चहलपहल बढेको छ। छिमेकीले घर लिपपोत गरेर शृङ्गारेका छन्। परदेशिएका र सहर पसेका पनि चाडबाड मान्न गाउँ फर्किरहेका छन्। दसैँको माहोलले गाउँघरमा रौनक छाएको छ।
बाढी गएको एक हप्ता बितिसक्दा पनि राहतको पखाइमा थियो मगर गाउँ। तर यो एक हप्तामा न वडा अध्यक्ष पुगे न कुनै सङ्घसंस्था। यो अवधिमा गाउँमा अैचोपैचो गरेर खाएको बताउँछन् स्थानीय अष्टमान तमाङ ।
गृहमन्त्री रमेश लेखकद्वारा काभ्रेपलाञ्चोकको बाढीपहिरो प्रभावित क्षेत्र पनौती नगरपालिका वडा न.१२ कलाँती भूमिडाँडास्थित रोशी बजार क्षेत्र र बेथानचोक गाउँपालिका वडा नं ४ स्थित पाटीखर्क, सलान्दुबगर र चलालगणेस्थानको प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्।
यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण मुलुकले बाढी, पहिरोजस्ता मनसुनजन्य विपद्को सामाना गर्नुपरेको छ । यसले गर्दा मुलुकको भौतिक संरचनाको पनि ठूलो क्षति भएको छ ।
असोज १२ र १३ गतेको मनसुनजन्य विपद्का कारण काठमाडौं उपत्यकासहित देशभरका नागरिकहरुको जनजीवन अस्तव्यस्त छ।
काभ्रेपलाञ्चोक जिल्लाका बाढी प्रभावित ३ वटा स्थानीय तहलाई बाढीजन्य विपदबाट पुगेको क्षति पुनःस्थापना तथा सङ्कट व्यवस्थापन गर्न राहतका लागि काठमाडौँ महानगरपालिकाले २०/२० लाख रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने भएको छ।
दसैँका लागि सङ्घीय राजधानी काठमाडौँ छोडेर घर जानेको सङ्ख्या दिनहुँ बढ्दै गएको छ। दसैँका लागि घर जाने तथा अग्रिम टिकट लिनेका कारण काठमाडौँको गोँङ्गबुमा रहेको नयाँ बसपार्कका हिजोआज घुइँचो बढ्न थालेको छ।
'तपाईंहरु हामीलाई राहत दिन आउनुभएको हो ?' बाढीपीडितको अवस्थाबारे स्थलगत रिपोर्टिङ गर्न जाँदा ललितपुर महानगरपालिका–२५ फूलबारीमार्ग बस्ने सविता माझीको प्रश्न थियो।
केही दिनको अविरल वर्षाले देशभरको जनजीवन अस्तव्यस्त बन्यो। राजधानी काठमाडौँलगायत आसपासको क्षेत्रमा अत्यधिक वर्षाले ठूलो विपत्ति निम्त्यायो। सयौँले ज्यान गुमाए भने अर्बौँको क्षति भयो।
रोशी खोलाको बाढीले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाको सीमास्थल चौकीडाँडामा बगाएको दुई सय मिटर सडक दुई दिनभित्र अस्थायी रुपमा सञ्चालन गर्ने तयारीका साथ जनशक्ति र उपकरण परिचालन गरिएको छ।
केही दिनअघि निरन्तर वर्षाका कारण सिर्जित बाढीपहिरो, डुबानलगायत समस्याबाट टेलिफोन र इन्टरनेट सेवा प्रदायक कम्पनीको करिब ३० करोड बराबरको क्षति भएको प्रारम्भिक आकलन गरिएको छ।
हिलाम्मे भुइँमा निता सिजालीले मागेर ल्याएको जुटका बोरा बिच्छ्याउँछिन्। रात परेपछि त्यही बोरामा बाबा, आमा र छोराछोरी लस्करै सुत्नुपर्छ। सुतिरहेको बेला कहिले कुकुर आएर सुत्छन्, कहिले लामखुट्टे कानमा भुनभुनाउँन थाल्छन्।
यस वर्षको मनसुन सुरु भएयता काभ्रेपलाञ्चोकमा तीन बालबालिकासहित छजनाको बाढीले बगाएर मृत्यु भइसक्यो।