आज मात्रै खुल्ने तलेजु भवानीको मन्दिरमा भक्तजनको घुइँचो
तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मुल मन्दिरमा फर्काइने प्रचलन छ। विजयादशमीसम्म तलेजु भवानीलाई यहीँ राखेर पूजा आराधना गरिन्छ। विजयादशमीका दिन समितिले साइतअनुसार यात्रा गराइनेछ। महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलिसमेत दिइएको छ।