८ आश्विन २०८३ बिहीबार
image/svg+xml

बागमती प्रदेशका मुख्यमन्त्री र ललितपुर महानगर प्रमुखबीच भेटवार्ता, के भयो कुराकानी ?

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनबीच भेटवार्ता भएको छ।

विपद्को समयमा बालमैत्री स्थानीय शासन अझ आवश्यकः सरोकारवाला

विपद् तथा जोखिमका समयमा बालबालिकाको अधिकार र संरक्षण सुनिश्चित गर्न बालमैत्री स्थानीय शासन अझ प्रभावकारी रूपमा कार्यान्वयन गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।

युवालाई स्वदेशमै भविष्य देखाउन असोज १४ देखि इटहरीमा सीप तथा रोजगार मेला हुने

श्रम बजारको मागअनुसार युवालाई दक्ष बनाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यसहित कोशी प्रदेशको इटहरीमा सात दिने ‘सीप तथा रोजगार मेला २०८३’ आयोजना हुने भएको छ।

अन्तरिम विधानमै खनालको असहमति, महाधिवेशनदेखि नयाँ संरचनासम्मका प्रस्ताव

खनालले अहिलेको विधानले पार्टीलाई मार्क्सवाद–लेनिनवादको मार्गदर्शनमा वैज्ञानिक समाजवादको लक्ष्यतर्फ अघि बढाउने आधार नदिने तर्क गरेका छन्।

सत्ता साझेदार दलको सहमतिविपरीत मन्त्री पराजुलीले भने- कोशीको बजेट पुनरावलोकन हुँदैन

सत्ता साझेदार दलहरूबीच सहमति भए पनि कोशी प्रदेशको चालु आर्थिक वर्षको बजेट पुनरावलोकन नहुने भएको छ। प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रमणी पराजुलीले बजेट कार्यान्वयनमा गइसकेकाले अब पुनरावलोकन सम्भव नरहेको बताएका हुन्।

पोखरा–दुबईको उडानले हौसिएको पोखरा

पोखरालाई सिधैं मध्यपूर्व जोड्ने गरी बुधबारदेखि पोखरा–दुबई रुटमा सिधा हवाई उडान सुरु भएको छ।

पत्रकारिताको संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक : सञ्चारमन्त्री डा तिमिल्सिना

सञ्चारमन्त्री डा तिमिल्सिनाले पत्रकारिताको मूल मर्म र व्यावसायिक मूल्यलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिँदै कस्तो पत्रकारिता र कस्ता सञ्चार संस्था निर्माण गर्ने भन्ने मूल प्रश्नको जवाफ खोज्नुपर्ने बताए।

‘रमणी’ सुरु गरेको दुई महिनामै किन पसल सार्दै एलिना ?

एलिना चौहानको ड्रिम प्रोजेक्टका रूपमा सुरु गरिएको ‘रमणी’ सञ्चालनमा आएको करिब दुई महिनामै पुरानो स्थानबाट सर्नुपर्ने भएको छ।

भारी वर्षाको जोखिमले बीपी राजमार्गको ट्रयाक निर्माण ‘होल्ड’

देशका विभिन्न भू-भागमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमानलाई मध्यनजर गर्दै बीपी राजमार्गको निर्माणाधीन ट्रयाकको काम केही दिनका लागि स्थगित गरिने भएको छ।

दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म

दशैंको अवसरमा बजाज मोटरसाइकल खरिद गर्ने ग्राहकले रु. १ लाखसम्मको पुरस्कार पाउनेछन्। साथै, स्मार्ट घडी, हस्ताक्षरित सामग्री तथा बजाजका विशेष उपहार जित्ने अवसर पनि रहेको कम्पनीले जनाएको छ।

बाढीले क्षतिग्रस्त नुवाकोटको झोलुङ्गे पुल बन्यो

भोटेकोशीको बाढीले क्षतिग्रस्त बनाएको नुवाकोटको बेलकोटगढीस्थित पिमलटार-जागाराम झोलुङ्गे पुलको पुनर्निर्माण सम्पन्न भई आवागमन पूर्ण रूपमा सञ्चालनमा आएको छ।

हिसाब मिलान नहुदै स्थानीय तहका खाता सञ्चालन , वित्तीय अनुशासनमाथि प्रश्न

रौतहटका अधिकांश स्थानीय तहले गत आर्थिक वर्षको आय–व्यय तथा खर्चको आवश्यक हिसाब मिलान नगर्दै कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) बाट नयाँ आर्थिक वर्षको खाता सञ्चालन गरिरहेको पाइएको छ।

भारी वर्षाको सम्भावनाले बीपी राजमार्गको निर्माणाधीन ट्रयाकको काम रोकियो

मन्त्री लम्सालका अनुसार सम्भावित वर्षा, पहिरो तथा सडकमा आउन सक्ने चुनौतीलाई मध्यनजर गर्दै निर्माण कार्य केही दिन स्थगित गर्ने तयारी गरिएको हो।

लुम्बिनी लायन्समा अस्ट्रेलियन ब्याटर डार्सी शर्ट निरन्तर

नेपाल प्रिमियर लिग (एनपिएल) को आगामी संस्करणका लागि साविक च्याम्पियन लुम्बिनी लायन्सले आफ्ना भरपर्दा अस्ट्रेलियन ओपनिङ ब्याटर डार्सी शर्टलाई टोलीमा निरन्तरता दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्