३ आश्विन २०८१ बिहीबार
image/svg+xml

खोलामा पौडी खेल्ने क्रममा दुई बालिकाको मृत्यु

घरबाट घाँस काट्न गएको र गर्मी भएपछि उक्त खोलामा बुधबार साँझ पौडी खेल्ने क्रममा खोलामा डुबेर १६ वर्षीया सिर्जना परियार र १३ वर्षीया नमूना परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताए।

गौरिका र मन्देकाजी सर्वोत्कृष्ट खेलाडी

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा पौडीतर्फ नेपाललाई चार स्वर्ण पदक दिलाएकी गौरिका सिंह तथा करातेमा दुई स्वर्ण दिलाएका मन्देकाजी श्रेष्ठलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले वर्ष २०७६ को सर्वोत्कृष्ट खेलाडी घोषित गरेको छ।

पौडी खेल्न जाँदा बेपत्ता

रुकुम (पूर्व)मा दहमा डुबेर एक जना बेपत्ता भएका छन् । सिस्ने गाउँपालिका वडा नम्बर १ मा रहेको गुप्ता दहमा डुबेर लजिम बुढा बेपत्ता भएका हुन् ।

पौडी खेल्न गएका दुई डुबेर बेपत्ता

तेह्रथुमको छथर गाउँपालिका–२ हमरजुङको तेलियाखोलाको आहालमा पौडी खेल्ने क्रममा दुई बालक शनिबार अपराह्न डुबेर बेपत्ता भएका छन्।

ट्रायथलन लागि प्लास्टिकको पुल

सधैँ तालको किनारबाट पौडिएर निश्चित दूरी तय गर्नुपर्ने अवस्था थियो। दौडिँदा पानी धमिलो हुने जोखिम उत्तिकै छ। त्यसलाई ध्यानमा राख्दै सागमा पहिलो पटक प्यान्थन प्रयोग गरेर प्रारम्भस्थल बनाइँदै छ।

पौडी खेल्ने क्रममा डुबेर मृत्यु

त्रिशुली नदिमा पौडी खेल्ने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ। जिल्लाको गजुरी गाउँपालिका वडा नं. २ चालिसे स्थित त्रिशुली नदीमा पौडी खेल्ने क्रममा मृत्यु भएको हो।

पौडी खेल्ने क्रममा डुबेर मृत्यु

पौडी खेल्ने क्रममा बेपत्ता भएका रुविभ्याली गाउँपालिका वडा नं ६ कुपचेतका १७ वर्षीय सीताराम तामाङको शव फेला पारेको छ।

पौडी खेलाडी भारततर्फ

नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीलाई मध्यनजर गर्दै नेपाली पौडी खेलाडीले १०औं एसियाली उमेर समूह पौडी प्रतियोगितामा सहभागिता जनाउने भएको छ।प्रतियोगिता भारतको बैंगलुरुमा २४ सेप्टेम्बरदेखि २ अक्टोबरसम्म हुनेछ। टोली आइतबार बैंगलुरु प्रस्थान गरेको छ।

पौडीमा दिया र खानुमा पहिलो

दिया डाँगी र खानुमा राईले १८औं एलए अन्तर विद्यालय पौडी प्रतियोगितामा स्वर्ण जितेका छन्। शुक्रबार भएको उद्घाटन खेलमा आयोजक स्कुल एलएकी दियाले १४ वर्षमुनीको ५० मिटर बटरफ्लाईमा सुभतारा स्कुलकी जारिया महर्जनलाई पछि पार्दै स्वर्ण जितेकी हुन। खानुमाले भने १५ वर्षमुनीको ५० मिटर ब्याकस्ट्रोकमा आइडियल मोडलकी लेसिया डंगोललाई हराउँदै स्वर्ण जितेकी हुन्।

शुभम र तेन्जिङको राष्ट्रिय कीर्तिमान

नवौं राष्ट्रिय पौडी च्याम्पियनसिपमा बुधबार शुभम श्रेष्ठ र तेन्जिङ नामडोल रायनले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका छन्। सातदोबाटोस्थित अन्तर्राष्ट्रिय पौडी कम्प्लेक्समा सञ्चालित प्रतियोगिताको दोस्रो दिन शुभमले ५० मिटर ब्रेस्टस्ट्रोक र तेन्जिङले २ सय मिटर ब्याकस्ट्रोकमा कीर्तिमानसहित स्वर्ण जितेका हुन्।

पौडीमा तीन राष्ट्रिय कीर्तिमान

मंगलबारदेखि सुरु भएको नवौं राष्ट्रिय पौडी च्याम्पियनसिपमा तीन जना खेलाडीले राष्ट्रिय कीर्तिमान बनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्