४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

एलए पौडीमा आयोजक च्याम्पियन

काठमाडौं – आयोजक लिटिल एन्जल्स (एलए) १८औं एलए अन्तरविद्यालय पौडी प्रतियोगितामा टिम च्याम्पियनको भएको छ।

शनिबार कुल २ सय ८७ अंक जोडेपछि एलए टिम च्याम्पियन भएको हो। दोस्रो स्थानमा रहेको निसर्ग वाटिकाले १ सय ९३ अंक मात्र जोड्न सफल भयो।

तेस्रो स्थानमा रहेको संस्कृति इन्टरनेसनल स्कुलले ९६ अंक जोड्यो। नेपालगन्जको स्प्रिङ्डेल एकेडेमीले ५१ अंक जोड्दै चौथो स्थान हात पार्दा प्रिमियर स्कुलले ४७ अंक प्राप्त गर्दै पाँचौं स्थानमा रहन सफल भयो।

प्रतियोगितामा नेपालगन्जको स्प्रिङ्डेल एकेडेमीका सुशान्त बोहोरा कान्छा खेलाडी थिए। पाँच वर्षका सुशान्त वि.सं. २०७० असोज २६ गते जन्मिएका थिए। छात्रातर्पm वोधीवृक्ष स्कुलकी अदी थापा कान्छी खेलाडी थिइन्।

अदि पनि ०७० मंसिर १४ गते जन्मिएका हुन्। दुईदिने प्रतियोगिताका विजेता टोली र खेलाडीलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले पुरस्कृत गरेका थिए।
 

प्रकाशित: २९ भाद्र २०७६ ०२:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App