१० जेष्ठ २०८३ आइतबार
image/svg+xml

बार्सिलोनाले जित्यो महिला च्याम्पियन्स लिगको उपाधि

नर्वेमा भएको महिला च्याम्पियन्स लिगको फाइनलमा लियोनलाई ४–० ले हराउँदै बार्सिलोनाले सिजनको चौथो उपाधि जितेको हो।

कोटा निर्धारण गरी किसानलाई मल वितरण

शाखाले मौज्दात मलको पुनः कोटा निर्धारण गरी सहकारी संस्थामार्फत किसानलाई उपलब्ध गराउने तयारी गरेको छ।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।

पूर्वप्रधानमन्त्री नेपाल रुस प्रस्थान, अन्तर्राष्ट्रिय कम्युनिस्ट सम्मेलनलाई सम्बोधन गर्ने

भ्रमणका क्रममा उनले रसियन कम्युनिस्ट पार्टीको महासचिव गेन्नाडी जुहानोभलगायत शीर्ष नेताहरूसँग भेटवार्ता गर्ने कार्यसूची छ। उनले नेपाल र रुसबिचको मैत्री सम्बन्ध, आर्थिक विकास र आपसी हितका विषयमा छलफल गर्नेछन्।

लुम्बिनी प्रदेशसभा बैठक बस्दै : यस्ता छन् कार्यसूची

लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत पाँचौँ बैठक आइतबार दिउँसो १ः०० बजे बस्ने भएको छ।

व्यवसायी राणाले गाउँपालिकालाई दिए एक बिघा १० कट्ठा जमिन

जानकी गाउँपालिकाले स्थापना भएको एक दशकपछि प्रशासनिक भवन निर्माणको काम थालेको छ।

प्लेअफमा पुग्न पञ्जाबले राजस्थानको हार कुर्नुपर्ने

आईपीएल २०२६ को लिग चरणमा दुई खेल मात्र बाँकी छन्, तर प्लेअफ खेल्ने चौथो टोलीको टुंगो अझै लागेको छैन।

नागरिकको अवस्था र आवश्यकताअनुसार कानुन बन्नुपर्छ : सभामुख अर्याल

सभामुख डोल प्रसाद (डीपी) अर्यालले कानुन निर्माण प्रक्रियामा जनताको सहभागिता, व्यवहारिकता र राज्यका तीनै अंगबीच समन्वय आवश्यक रहेको बताएका छन्।

ह्वाइट हाउस नजिकै गोली चल्यो, ट्रम्प सुरक्षित

यसअघि वासिङटन डिसीमा वार्षिक 'ह्वाइट हाउस करेस्पोन्डेन्ट डिनर' (संवाददाताको रात्रिभोज) का क्रममा पनि होटल हिल्टनमा गोली चलेको थियो। उक्त कार्यक्रममा अमेरिकी राष्ट्रपति ट्रम्प, प्रथम महिला मेलानिया ट्रम्प र उपराष्ट्रपति जेडी भान्सलगायत उपस्थित थिए।

आज पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।

उद्धार र उपचार नपाई मर्छन् वन्यजन्तु

संरक्षित वन्यजन्तुहरू मानव बस्तीमा पस्ने क्रम बढेसँगै तिनको सुरक्षित उद्धार, उपचार र पुनःस्थापनामा गम्भीर चुनौती देखिएको छ।

पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

पोखरा महानगरपालिकाले बजारको मध्यभाग भएर बग्ने फिर्केखोलाको खोलाघरभित्र बनेका संरचनामा आजदेखि हटाउने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्