राज्यका संवेदनशील अंग नै आचरण र नैतिकतासम्बन्धी विवादमा तानिनु बिडम्वनापूर्ण : बाबुराम भट्टराई
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अदालत, प्रहरी र सेनालगायत राज्यका संवेदनशील अंग नै आचरण र नैतिकतासम्बन्धी विवादमा तानिनु विडम्बनापूर्ण भएको बताएका छन्।

