१३ कार्तिक २०८३ शुक्रबार
image/svg+xml
समाज

सातै प्रदेशमा वर्षा : कतै पश्चिमी वायु, कतै चक्रवात अर्नबको प्रभाव

अहिले नेपालका सातै प्रदेशमा वर्षा भइरहेको छ। तर सबै क्षेत्रमा वर्षा गराउने मौसमी प्रणाली भने एउटै नरहेको मौसमविद् विनोद पोखरेलले बताएका छन्।

उनले सुदूरपश्चिम र कर्णाली प्रदेशमा भइरहेको वर्षा पश्चिमी वायुको प्रभावका कारण भने बागमतीदेखि कोशी प्रदेशसम्मको वर्षा चक्रवात अर्नबको प्रभावसँग सम्बन्धित रहेको बताए।

त्यस्तै, गण्डकी र लुम्बिनी प्रदेशका पश्चिमी भूभागमा भने दुवै मौसमी प्रणालीको कमजोर प्रभाव मात्रै परेको छ। दुवै प्रणालीको प्रभाव कमजोर हुँदा ती क्षेत्रमा उल्लेख्य वर्षा हुन नसकेको पोखरेलले बताएका छन्।

उनका अनुसार अहिले देशका विभिन्न भूभागमा फरक–फरक मौसमी प्रणाली सक्रिय रहेकाले वर्षाको अवस्था पनि क्षेत्रअनुसार फरक देखिएको छ।

प्रकाशित: १३ कार्तिक २०८३ ०९:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App