१३ कार्तिक २०८३ शुक्रबार
image/svg+xml
समाज

अनुदान दिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी

कृषि फार्मका लागि सहुलियत अनुदान मिलाइदिने प्रलोभन देखाएर पाँच करोड ८० लाख रुपैयाँ ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन्।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँ महानगरपालिका–१३ ताहाचलका ५२ वर्षीय तिलक बुढाथोकी भन्ने श्रीकृष्ण महर्जन र ललितपुर महानगरपालिका–१४ नखिपोटका ६० वर्षीय प्रेमनारायण खनाललाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बिहीबार पक्राउ गरेको हो।

उनीहरूले सिंहदरबारस्थित विभिन्न मन्त्रालयका कर्मचारीसँग राम्रो चिनजान रहेको र कृषि फार्मका लागि सहुलियत अनुदान सजिलै मिलाइदिन सक्ने भन्दै पीडितलाई विश्वासमा पार। पाँच करोड ८० लाख रुपैयाँ ठगी गरेका थिए। काठमाडौँ जिल्ला अदालतको अनुमतिमा उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान थालिएको छ। 

प्रकाशित: १३ कार्तिक २०८३ ०८:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App