१३ कार्तिक २०८३ शुक्रबार
image/svg+xml
राजनीति

गोकुल बाँस्कोटाको प्रश्न : भद्रगोल नै हुने भो त रविजी ?

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारका पछिल्ला कामकारबाहीप्रति टिप्पणी गर्दै रास्वपा सभापति रवि लामिछानेलाई प्रश्न गरेका छन्।

सरकारको आर्थिक तथा कूटनीतिक निर्णय, प्रहरी त्रासमा, न्यायालय अन्यौलमा र आम नागरिकले भोगिरहेको महँगीलाई लिएर असन्तुष्टि व्यक्त गरेका उनले सरकारको कार्यशैलीमाथि प्रश्न गरेका हुन्।

उनले प्रकृतिको अनवरत कहर, अर्थमन्त्रीको अभिव्यक्ति, राजदूत सिफारिस, प्रहरी र न्यायालयको अवस्थासहित महँगीको मारमा जनता परेको बताएका छन्।

‘प्रकृतिको अनवरत कहर र शक्ति केन्द्र खुसी पार्न अर्थमन्त्रीको अनर्थपूर्ण बयान, राजदूत सिफारिस हाँडीगाउँको जात्रा, प्रहरी त्रासमा, न्यायालय अन्योलमा, जनता महँगीको मारमा,’ सामाजिक सञ्जालमार्फत बाँस्कोटाले लेखेका छन्, ‘आखिर, गोलगोल भद्रगोल नै हुने भो त रविजी?’

प्रकाशित: १३ कार्तिक २०८३ ०८:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App