१२ आश्विन २०८१ शनिबार
image/svg+xml

कोशीमा पानीको बहाव यस वर्षकै उच्च, भारतको बिहारसम्मै सतर्कता

निरन्तरको वर्षाले कोशी नदीमा पानीको बहाब यस वर्षकै उच्च मापन गरिएको छ।

कोशी प्रदेश सरकारले जनतासँग प्रदेश सरकार कार्यक्रम सञ्चालन गर्ने

कोशी प्रदेश सरकारको मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले ‘जनतासँग कोशी प्रदेश सरकार कार्यक्रम सञ्चालन कार्यविधि, २०८१’ स्वीकृत गर्ने निर्णय गरेको छ।

कोशी सरकारले मन्त्रीहरूको संयोजकत्वमा गठन गर्‍यो समिति

कोशी प्रदेश सरकारले सरकारका कामलाई प्रभवकारी बनाउन मन्त्रीहरूको संयोजकत्वमा विषयगत समिति गठन गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो समिति गठन गर्ने निर्णय गरेको हो।

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

कोशी प्रदेश सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले प्रदेश सभाको चालु अधिवेशन शुक्रबार राति १२ बजेदेखि अन्त्य गरेका हुन् ।

कोशीका मुख्यमन्त्री कार्की आज विश्वासको मत लिँदै

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने तयारी गरेका छन्। विश्वासको मत लिने प्रयोजनार्थ आज दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ।

कोशीमा करम पूजाकाे अवसरमा सार्वजनिक बिदा

कोशी प्रदेश सरकारले आगामी असोज २ गते झाँगड (उराव) समुदायका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

एक्काइस महिनापछि कोशीको संसदीय समितिले पायो पूर्णता

कोशी प्रदेशसभाको संसदीय समितिले २१ महिनापछि पूर्णता पाएको छ। शुक्रबार भएको सातवटै संसदीय समितिको निर्वाचनमा सबै समितिका सभापतिहरू निर्विरोध निर्वाचित भएका थिए।

कोशी प्रदेश सभा: विषयगत समितिका सातैजना सभापतिहरू निर्विरोध निर्वाचित

विषयगत समितिका सभापतिको निर्वाचन तालिकाअनुसार बिहीवार मनोनय दर्ता र आज निर्वाचन हुने जानकारी गराइएको थियो। तर, एकल उम्मेदवारी परेपछि सबैजनालाई निर्विरोध निर्वाचित घोषणा गरिएको हो।

झापामा डेङ्गीबाट दुईजनाको मृत्यु, कोशीमा एक हजार ६५ जना सङ्क्रमित

कोशी प्रदेशमा डेङ्गीबाट गत साउनदेखि हालसम्म एक हजार ६५ जना सङ्क्रमित भएका छन्।

‘कर्मचारीले उच्च नैतिकताका साथ सेवा प्रवाह गर्नुपर्छ’

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सफल बनाउन सबैले आआफ्ना क्षेत्रबाट सहयोग गर्न आग्रह गरेका छन्।

कोशीमा दुग्धजन्य पदार्थको बिक्री बढ्न थाल्यो, व्यवसायी उत्साहित

दुग्धजन्य वस्तु बिक्री नभएर सङ्कट झेलिरहेका डेरी व्यवसायीहरूमा सुधारको आशा पलाएको छ।

कोशी र कर्णालीमा आज भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आज कर्णाली र कोशी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

आगामी ३ दिनसम्मै कोशीमा भारी वर्षा, यस्तो छ आजको मौसम

कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

भदौ १४ गते मन्त्रीसहित प्रदेश सभामा उपस्थित हुन्छौं : नेता थापा

नेपाली कांग्रेस कोशी प्रदेशका संसदीय दलका नेता उद्धव थापाले भदौ १४ गतेको प्रदेशसभा बैठक अगाडि नै कांग्रेस कोसी सरकारमा सहभागी भइसक्ने बताएका छन्।

कोशी प्रदेशसभा बैठक भदौ १४ गते बस्ने

प्रदेश सभा सचिवालयले मंगलबार सूचना प्रकाशित गरी प्रदेशसभाको पाँचौँ अधिवेशनको १४ औं बैठक भदौ १४ गते दिनको १ बजे बस्ने जानकारी दिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्