१२ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

कोशी प्रदेशसभा बैठक भदौ १४ गते बस्ने

कोशी प्रदेश सभाको बैठक भदौ १४ गते बस्ने भएको छ।

प्रदेश सभा सचिवालयले मंगलबार सूचना प्रकाशित गरी प्रदेशसभाको पाँचौँ अधिवेशनको १४ औं बैठक भदौ १४ गते दिनको १ बजे बस्ने जानकारी दिएको हो।

गत असार ८ गते कोशी प्रदेशको आर्थिक वर्ष ०८१/८२ को बजेट पारित गरेपछि अनिश्चित कालका लागि बैठक स्थगित भएको थियो। केन्द्रमा गठबन्धन फेरिएपछि प्रदेशसभाको बैठक अलमलमा परेको थियो।

कोशी प्रदेशमा एमाले र माओवादी गठबन्धनको सरकार थियो। तर, केन्द्रमा गठबन्धन फेरिएपछि  माओवादी केन्द्र सरकारबाट बाहिरिएको छ। नेपाली कांग्रेस अझैसम्म सरकारमा सहभागी भएको छैन। 

प्रकाशित: ४ भाद्र २०८१ १७:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App