विशेष महाधिवेशन वैधानिक छैन : कांग्रेस प्रवक्ता महत
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशन कुनै पनि कोणबाट वैधानिक नभएको बताएका छन्। उक्त विशेष महाधिवेशनको भोलि उद्घाटन हुने तयारी छ।

