२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

गोसाइँकुण्डमा दुर्घटना भएको मनाङ एयरको हेलिकप्टर काठमाडौं लगियो

जेठ २७ गते गोसाइँकुण्डको हेलिप्याडमा दुर्घटना भएको मनाङ एयरको हेलिकप्टरका सबै पार्टपुर्जा काठमाडौँ लगिएको छ। मनाङ एयरका उडान प्रबन्धक रोम श्रेष्ठका अनुसार स्थलगतरुपमा मर्मत गर्न नसकिने भएपछि सो हेलीकप्टरलाई दुई भाग गरी श्री एयर कम्पनीको एमआई हेलिकप्टरमा झुण्ड्याएर काठमाडौँ लगिएको हो।

मनाङका दुई गाउँपालिकामा एमाले विजयी

मनाङ जिल्लाको सदरमुकाम चामे गाउँपालिका प्रमुखमा एमाले लोकेन्द्रबहादुर घले विजयी भएको छ। २१४ मत ल्याएर उनी विजयी भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी काँग्रेसकी अनिता लामाले १७३ मत पाइन्।

मनाङमा दुई केन्द्रको मतदान सकियो

हिमालपारिको जिल्ला मनाङमा मतदान शान्तिपूर्ण रुपमा भईरहेको छ। अहिलेसम्म दुईवटा केन्द्रमा मतदान सकिएको छ। अहिलेसम्म करिब ६० प्रतिशत मत खसिसकेको मनाङ प्रशासनले जनाएको छ।

एकै हिरासतमा चक्रे र मनाङे

एकअर्काका प्रतिस्पर्धी दिपक मनाङे र चक्रे मिलन आपराधिक गतिविधिमा संलग्न रहेको अभियोगमा पटकपटक पक्राउ परे । तर, कहिल्यै एकै हिरासतकक्ष र जेलमा परेनन् । स्थानीय तह निर्वाचनमा सुरक्षा चुनौती बढाएको भन्दै पक्राउ परेका उनीहरू मंगलबारबाट भने महानगरीय प्रहरी परिसरको एकै हिरासतकक्षमा पुगेका छन् ।

निर्वाचनको लागि मनाङमा २ सय कर्मचारी

हिमाली जिल्ला मनाङमा स्थानीय तह निर्वाचनका लागि झण्डै २ सय कर्मचारी मतदान केन्द्रमा खटाईएको छ।

गुण्डा नाइके दीपक मनाङे पक्राउ

गुण्डा नाइके दीपक मनाङे पक्राउ परेका छन्। निर्वाचको सुरक्षामा खलल पुर्‍याउन सक्ने सम्भावना भएकोले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

मनाङका केही वडामा काँग्रेस निर्विरोध

नारफु गाउँपालिकामा अध्यक्षमा नेपाली काँग्रेसका मिङमर छिरिङ लामा निर्विरोध निर्वाचित भएका छन्। नारफुको तीनवटाका सबै पदहरु सो पार्टीका उम्मेदवार र्निविरोध भएका छन्। वडा नं १ को रिटर छोर्टेन लामा, २ मा मिङ्मर फुन्चो घले र ३ मा तेरिज ढोकी लामालगायत सदस्यहरु र्निविरोध निर्वाचित भएका हुन्।

मनाङ उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व

हिमाली जिल्ला मनाङका उद्योगी व्यवसायीको छाता संस्था मनाङ उद्योग वाणिज्य संघमा १९ सदस्यीय नयाँ नेतृत्व चयन भएको छ । सदरमुकाम चामेबजारमा हालै भएको तेस्रो साधारण सभा तथा अधिवेशनले छिरिङदोर्जे लामाको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ समिति चयन गरेको हो।

पत्रकार महासंघ मनाङमा राजन गुरुङ

नेपाल पत्रकार महासंघ मनाङको प्रथम अधिवेशनले राजन गुरुङको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन गरेको छ।

मनाङलाई १-० हराउँदै पुलिस क्लब सेमिफाइनलमा

चिरपरिचित प्रतिद्वन्द्वी लक्ष्मी हुन्डाई मनाङ–मस्र्याङ्दीलाई स्तब्ध पार्दै नेपाल पुलिस क्लबले माइभ्याली गोल्डकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। बहुसंख्यक दर्शकको अपेक्षालाई गलत साबित गर्दै पुलिसले मनाङलाई सिजनको पहिलो भेटमै १–० ले घर फर्कायो।

प्रथम ‘राजर्षि जनक कप’को उपाधि मनाङ मर्स्याङ्दीलाई

सर्लाहीको वागमतीमा सम्पन्न ए डिभिजन प्रथम ‘राजर्षि जनक कप’को उपाधि मनाङ मर्स्याङ्दीले जितेको छ । सोबमार सम्पन्न फाइनल खेलमा नेपाल आर्मीलाई ०–१ गोल अन्तरले पराजित गर्दै मनाङ–मर्स्याङ्दी ‘राजर्षि जनक कप’को उपाधि जित्न सफल भएको हो।

मनाङ मर्स्याङ्दी फाइनलमा

हिमालयन शेर्पालाई २–० ले पराजित गर्दै मनाङ मर्स्याङ्दी क्लब 'राजर्षि जनक कप' को फाइनलमा पुगेको छ। सर्लाहीको वागमतीमा जारी प्रतियोगिताअन्तर्गत आइतबार मनाङ मर्स्याङ्दीका लागि पहिलो गोल ८०औं मिनेटमा  विमल रानाले गरे।

मनाङ ‘राजर्षी जनक कप’को फाइनलमा

सर्लाहीको वागमतीमा जारी ए डिभिजन ‘राजर्षी जनक कप’ फाइनल खेलका लागि मनाङ मर्स्याङदीले स्थान कब्जा गरेको छ। ‘राजर्षी जनक कप’ अन्तर्गत दोश्रो चरणको पहिलो सेमिफाइनलमा आइतबार हिमालयन शेर्पालाई ०–२ गोल अन्तरले पराजित गर्दै मनाङ मस्र्याङ्दी फाइलमा स्थान सुरक्षित गरेको हो।

राजर्षि जनक कपः सडेन डेथमा मनाङ मर्स्याङ्दी विजयी

सर्लाहीको बागमतीमा जारी ए डिभिजन ‘राजर्षि जनक कप’अन्तर्गत तेश्रो दिन शुक्रबार भएको खेलमा सडेन डेथमा ब्वाईज युनियन काठमाडौंलाई पराजित गर्दै मनाङ मस्र्याङ्दी विजयी भएको छ।

मनाङलाई पाखा लगाउँदै रुपन्देही सेमिफाइनलमा

नेपालगन्ज गोल्ड कप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा मनाङ मस्र्याङ्दीलाई १–२ गोलले पाखा लगाउँदै रुपन्देही–११ ले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित बनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्