२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

टुंगियो मनाङको यात्रा

माल्दिभ्सको टिसी स्पोर्ट्स क्लबलाई सोमबार १–० को नतिजा सुम्पिएपछि शेख कमल अन्तर्राष्ट्रिय क्लब कपमा लक्ष्मी हुन्डाई मनाङ–मर्स्याङ्दी क्लबको यात्रा अन्तिम ४ मा टुंगिएको छ। लक्ष्मी हुन्डाई मनाङ–मर्स्याङ्दी क्लब शेख कमल अन्तर्राष्ट्रिय क्लब कपको- २०१७ को सेमिफाइनलबाट बाहिरिएको छ।

मनाङ अन्तिम चारमा

मोहमडन स्पोर्टिङ क्लबले शुक्रबार सहिन अस्मायीलाई २–० ले पराजित गरेपछि मनाङ मर्स्याङ्दी क्लब शेख कमल अन्तर्राष्ट्रिय क्लब कपको सेमिफाइनलमा प्रवेश गरेको छ।

मनाङलाई जित्नैपर्ने दबाब

शेख कमल अन्तर्राष्ट्रिय क्लब कपको सेमिफाइनल प्रवेशका लागि जित्नैपर्ने दबाबका साथ लक्ष्मी हुन्डाई मनाङ–मर्स्याङ्दी क्लबले शुक्रबार (आज) आयोजक चित्तागोङ अवाहनी लिमिटेडसँग प्रतिस्पर्धा गर्दै छ।

अफगानी क्लबविरुद्ध मनाङको पराजय

लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लब शेख कमल अन्तर्राष्ट्रिय क्लब कप प्रतियोगितामा बुधबार अफगानिस्तानको सहिन अजमानसँग ३–१ ले पराजित भएको छ। दोस्रो खेलमा हारको सामना गरेपछि मनाङले सेमिफाइनल पुग्न समूह चरणको अन्तिम खेलको नतिजा पर्खनुपर्ने भएको छ।

मनाङको विजयी सुरुआत

लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लबले शेख कमल अन्तर्राष्ट्रिय क्लब कप प्रतियोगितामा विजयी सुरुआत गरेको छ। मनाङले आइतबार बंगलादेशको मोहमडन स्पोर्टिङ क्लब लिमिटेडलाई २–० ले हरायो।

उपाधि लक्ष्यमा मनाङको यात्रा

घरेलु फुटबलका पछिल्लो एक महिनामा तीन उपाधि जितेको लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लब सफलताको शृंखलालाई अझै माथिल्लो उचाइ दिने लक्ष्यसहित बुधबार बंगलादेश जाने भएको छ।

उपाधिमा मनाङको ह्याट्रिक

घरेलु मैदानमा उपाधि जित्ने आयोजक झापाको सपना १–० ले समाप्त पार्दै लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लब सोमबार रमपम झापा गोल्डकप च्याम्पियन बनेको छ। झापा गोल्डकपको उपाधि जितेसँगै मनाङले महिना दिनभित्र लगातार तीन प्रतियोगिता जित्ने दूर्लभ सफलता आत्मसात गरेको छ।

झापा गोल्डकपको उपाधि मनाङले जित्यो

झापा गोल्ड कपको उपाधि मनाङ मर्स्याङ्दीले जितेको छ। सोमबार भएको फाइनल खेलमा आयोजक झापा ११ लाई १-० गोलले पराजित गर्दै मनाङ मर्स्याङ्दीले उपाधि जितेको हो। मनाङका लागि ओलावाले ६३औं मिनेटमा निर्णायक गोल गरेका थिए।

श्रेष्ठताको लडाईँमा मनाङ र झापा

रमपम झापा गोल्डकप फुटबलको उपाधिका लागि आयोजक झापा ११ र लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लब सोमबार आमने–सामने हुँदैछन्। केही वर्षयता नेपाली फुटबलमा बलियो उपस्थिति देखाएको घरेलु टोली झापा र स्टार खेलाडीको बाहुल्य रहेको परम्परागत महारथी मनाङबीचको निर्णायक भीडन्त 'टफ' हुने अपेक्षा सबैको छ।

आर्मीसँग बदला लिँदै मनाङ फाइनलमा

साबिक विजेता त्रिभुवन आर्मी क्लबलाई शनिबार १–० को नतिजामा हराउँदै लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लब रमपम झापा गोल्डकपको फाइनल प्रवेश गरेको छ। फाइनलमा आयोजक झापासँगको भेट पक्का गरेसँगै मनाङ एकै सिजनमा उपाधि ह्याटि्रक गर्ने दुर्लभ सफलता नजिक पुगेको छ।

मनाङ अन्तिम चारमा

नेपालका स्टार खेलाडीहरुको बाहुल्य रहेको लक्ष्मी हुन्डाई मनाङ मर्स्याङदी क्लब रमपम झापा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ। न्यूरोड टिम (एनआरटी) माथि ४–० को फराकिलो जित हासिल गर्दै मनाङले मनाङले अन्तिम चारमा स्थान बनाएको हो।

आहा–राराको उपाधि मनाङमर्स्याङ्दीलाई

तीन वर्षअघिको हार बिर्साउने गरि लक्ष्मी हुन्डाई मनाङ मर्स्याङदी क्लबले सहारा क्लबलाई १–० ले हराउँदै आहा– रारा गोल्डकपकको उपाधि जितेको छ ।

पाँच लाख रुपैयाँ पुरस्कार सहित आहा–राराको उपाधि मनाङ मर्स्याङदीलाई

लक्ष्मी हुण्डाई मनाङ मर्स्याङदी क्लवले आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ। पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा आयोजक सहारालाई १–० गोल अन्तरले पराजित गर्दै मनाङ मर्स्याङदी उपाधि हात पारेको हो।

उपाधिमा सहारा र मनाङको दाबी

घरेलु टोली सहारा क्लब र नेपाली फुटबलको सदावाहर महारथी लक्ष्मी हुन्डाई मनाङ मर्सयाङदी क्लब शनिबार पोखरा रंगशालामा आमने–सामने हुँदा दर्शकले तीन वर्षअघिको फाइनल सम्झनेछन्। १२ औं संस्करणमा पनि यिनै दुई टोलीबीच फाइनल भएको थियो।

मनाङ मर्स्याङदीको भेट सहारासँग

आहा-रारा गोल्डकप फुटबल प्र्रतियोगिताको फाइनलमा आयोजक सहारा र लक्ष्मीहुन्डाई मनाङमर्स्याङदी क्लबबीच उपाधिका लागि प्रतिस्पर्धा हुने भएको छ। मनाङले बिहीबार सिएमजी संकटालाई १–० गोलले पराजित गर्दै फाइनलमा सहारासँगको भेट निश्चित गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्