झापा- झापा गोल्ड कपको उपाधि मनाङ मर्स्याङ्दीले जितेको छ। सोमबार भएको फाइनल खेलमा आयोजक झापा ११ लाई १-० गोलले पराजित गर्दै मनाङ मर्स्याङ्दीले उपाधि जितेको हो। मनाङका लागि ओलावाले ६३औं मिनेटमा निर्णायक गोल गरेका थिए।
यो उपाधिसँगै मनाङले ह्याट्रिक गरेको छ। यसअघि मनाङले खप्तड गोल्ड कप र अहा रारा गोल्डको उपाधि जितेको थियो।
ट्रफीसँगै मनाङले नगद ७ लाख र आयोजक झापाले उपविजेता हुँदै ३ लाख ५० हजार रुपैयाँ पाएका छन्।
प्रकाशित: २४ माघ २०७३ १२:१२ सोमबार