४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

सरकारको १० लाख पर्यटक भित्र्याउने लक्ष्य पुरा

सरकारले राखेको १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य पुरा भएको छ। पर्यटन बोर्डले सन् २०२३ मा नेपाल भित्रिने विदेशी पर्यटकको संख्या १० लाख नाघेको बताएको छ। यी सबै हवाई माध्यमबाट भित्रिएका विदेशी पाहुना हुन्। कोरोना संक्रमणको मारमा परेको पर्यटन क्षेत्र सन् २०१९ पछि पहिलो पटक यो आकारमा उक्लेको हो।

पर्यटकको आकर्षण गन्तव्य बन्दै पचघैया प्राणी उद्यान केन्द्र

गण्डकी प्रदेश सरकारको गौरवको आयोजना पचघैया प्राणी उद्यान केन्द्रमा पर्यटकको आकर्षण बढेको छ।

पर्यटनमन्त्रीको दाबीः देशको पर्यटन क्षेत्र पुरानो लयमा फर्कियो

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले देशको पर्यटन क्षेत्र पुरानो लयमा फर्किएको दाबी गरेका छन्।आज मन्त्रालयमा सरकारको वर्ष दिन पुगेको अवसरमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन।

पोखरा सडक महोत्सवः पाँचदिनमा पाँचलाख आन्तरिक पर्यटक भित्र्याउने लक्ष्य

२५ औं पोखरा सडक महोत्सवमा कम्तिमा पाँचलाख आन्तरिक पाहुना भित्र्याउने लक्ष्य आयोजकले लिएका छन्। महोत्सवको २५ औं संस्करण विहीबारदेखि पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा सुरु हुँदैछ। पाँचदिनसम्म चल्ने महोत्सव रेस्टुरेन्ट एण्ड बार एशोसिएसन (रेवान) पोखराले आयोजना गरेको हो।

फुकेट-काठमाडौं चार्टर उडानमार्फत पर्यटक आउने

थाइल्यान्डको पर्यटकीय केन्द्र फुकेटबाट काठमाडौंसम्मको चार्टर्ड उडानमार्फत पर्यटक आउने भएका छन्।

पर्यटकको सहजताका लागि झापामा ‘ट्रस ब्रिज’ निर्माण

झापाको शिवसताक्षी नगरपालिकास्थित पर्यटकीय क्षेत्र दोमुखामा ‘ट्रस ब्रिज’ निर्माण गरिएको छ।

खप्तड पर्यटकीय सडक: ‘ट्रयाक’ नखोलेरै म्याद सकियो

बझाङको एउटा पर्यटकीय सडकको निर्माणको म्याद सकिएको डेढ वर्षसम्म पनि ‘ट्र्याक’ खुलेको छैन।

पाथीभरामा केबलकार निर्माण सुरु गर्न स्थानीयको माग

ताप्लेजुङको प्रसिद्ध शक्तिपीठ पाथीभरामा पुग्नेगरी केबलकार बन्ने कुराले चर्चा पाएको एक दशकभन्दा बढी समय भए पनि अहिलेसम्म निर्माण हुन नसकेकाले चाँडै काम सुरु गर्न स्थानीयले माग गरेका छन्।

अब काठमाडौँबाट फुकेटसम्म सोझो उडान हुने, पहिलो उडान जनवरी २१ मा

रुप्से होलिडेजले काठमाडौं देखी फुकेटसम्मको सोझो चार्टर उडान हुनेछ कम्पनीका प्रबन्ध निर्देशक रमेश पराजुलीले जानकारी दिए।

पोखरामा पहिलोपटक ‘इन्टरनेशनल योग फेस्टिबल’

पोखरामा पहिलोपटक अन्तर्राष्ट्रियस्तरको योग फेस्टिबल हुने भएको छ। धार्मिक एवं पर्यटकीयस्थल काहूँडाँडामा तीन दिनसम्म योग फेस्टिबल हुन लागेको हो।

पर्यटकीय सम्पदाबाटै म्याग्दीको समृद्धि

प्राकृतिक, सांस्कृतिक, भौगोलिक, जातीय र जैविक विविधताका साथै ऐतिहासिक सम्पदा म्याग्दीका पर्यटकीय सम्पदा हुन्। हिमाल, अग्ला पहाड, वनजङ्गल, नदी, झरना, तालतलैया, ऐतिहासिक र धार्मिकस्थल, विभिन्न जातजातिका विविधतायुक्त कलासंस्कृति, रहनसहन र जीवनशैली म्याग्दीको पर्यटन विकासका आधार मानिएको छ।

पर्यटकको रोजाइमा पर्दै उदयपुरको रौतापोखरी

यहाँको पर्यटकीय तथा धार्मिक स्थल रौतापोखरी पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षण केन्द्र बन्दै गएको छ। जिल्लाको रौतामाई गाउँपालिका ६ मा पर्ने रौतापोखरी उदयपुर मात्र नभएर कोसी प्रदेश कै पर्यटन विकासको प्रचुर सम्भावना रहेको धार्मिक तथा ऐतिहासिक स्थल हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्