४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

जमेका तालमा रमेका पर्यटक

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविरमा रहेको ‘पञ्चकुण्ड’ तालको पानी जमेर बरफ बनेको छ।

‘नहुने भो राजा र रानीको भेट’

यही प्रसिद्धिका कारण साबिक राजारानी गाउँपालिकाको नाम स्थानीय भाषामा मावरक/पावरक भनिने राजारानी तालबाट रहन गएको हो।

पर्यटक आगमनः भारतीयको संख्या झन्डै एकतिहाई, चिनियाँको गति सुस्त

सरकारले सन् २०२३ मा १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। यो वर्षको एघार महिना (जनवरी–नोभेम्बर) अवधिमा ९ लाख १८ हजार ३ सय ८ जना विदेशी पाहुना नेपाल भित्रिएका छन्। अबको एकमहिनामा ८२ हजार विदेशी पर्यटक भित्र्याउने हो भने सरकारी लक्ष्य पुरा हुनेछ। यो अवधिमा भित्रिएका मध्ये धेरै पाहुना भारतीय छन्।

नोभेम्बरमा १ लाख बढी पर्यटक नेपाल भित्रिए, लक्ष्य नजिक पुग्यो सरकार

सन् २०२३ को नोभेम्बर महिनामा १ लाख बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन्। पर्यटन बोर्डको तथ्याङ्क अनुसार नोभेम्बर महिनामा १ लाख ८ हजार ६ सय ३० जना विदेशी पर्यटक नेपाल भित्रिएका हुन्।

पर्यटकमय मुस्ताङ: कात्तिकमा मात्र ८० हजार आए, धेरैजसो भारतीय

विशेष गरी आन्तरिक पाहुना बढी आउँदा कात्तिकमा मुस्ताङ चलायमान बनेको छ। थोराङ्ला भञ्ज्याङ पार गरेर र तिलिचो घुमेर मुस्ताङ झर्ने तथा उपल्लो मुस्ताङ घुम्न आउने पाहुना अधिक रहेको पाइयो।

पोखरालाई ‘पर्यटकीय राजधानी’ घोषणा गर्न अध्ययन समिति

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न गण्डकी प्रदेश सरकारले अध्ययन समिति बनाएको छ। पोखरालाई पर्यटकीय राजधानी बनाउन संघ सरकारलाई दुईपटक सिफारिस गरेको गण्डकी सरकारले बल्ल आएर अध्ययन समिति बनाएको हो।

माडीको बैकुण्ठ तालमा पौडी खेल्न प्रतिबन्ध

समितिले ताल क्षेत्रमा बोर्ड राख्दै पौडी नखेल्न भनेको ताल व्यवस्थापन समितिका अध्यक्ष राजकुमार परियारले बताए।

डोल्पाबाट मुस्ताङ आउँदै गर्दा हराएका पर्यटक र गाईडको सकुशल उद्धार

डोल्पाबाट पदयात्रा गर्दै मुस्ताङ आउने क्रममा पाँचदिनदेखि सम्पर्कविहीन बनेका विदेशी पर्यटक सहितको समूहलाई मुस्ताङ प्रहरीले सकुशल उद्धार गरेको छ। पदयात्राको क्रममा डोल्पाबाट पसेर मुस्ताङ निस्कने क्रममा उनीहरुले बाटो बिराएका थिए।

पुरानै लयमा फर्कियो मुस्ताङको होटल व्यवसाय: करिब असी हजार पर्यटकले गरे भ्रमण

पछिल्लो एक महिनाको अवधिमा करिब ८० हजार पर्यटकले मुस्ताङ भ्रमण गरेका छन्।

‘हिले जलजले पर्यटकीय ताल’ बाँध निर्माण थालियो

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–२ स्थित सिक्रेमा हिले जलजले पर्यटकीय ताल निर्माणका लागि बाँध निर्माण कार्य सुरु गरिएको छ।

टीकापुर उद्यानमा एकै दिन १० हजार पर्यटक

कैलालीको टीकापुरस्थित टीकापुर उद्यानमा एकै दिन १० हजारभन्दा बढी पर्यटक भित्रिएका छन्। शनिबार १० हजार छ सय पर्यटकले उद्यानको अवलोकन गरेका छन्। उद्यानमा दसैँ तिहारपछि बनभोज खाने र बाहिरी जिल्लाबाट अवलोकन गर्न आउने पर्यटक बढेका छन्।

अन्नपूर्ण क्षेत्रमा २४ हजार पर्यटक भित्रिए

गत कात्तिकमा २४ हजार चार सय नौ पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्र घुमेका छन्।यसरी घुम्न आउनेमा दक्षिण एसियाली मुलुकका सात हजार चार सय ७९ र अन्य १६ हजार नौ सय ३० पर्यटक रहेका छन्।

प्रभुचेला खर्कबाट पर्यटकीय गन्तव्य

म्याग्दीको मालिका गाउँपालिका–७ प्रभुचेला धुरी केही वर्षअघिसम्म गाईभैँसी, भेडा र बाख्राको गोठ राख्ने खर्क थियो। ऐतिहासिक धार्मिकस्थल प्रभुचेलाको अध्ययन अनुसन्धान,संरक्षण र पूर्वाधार निर्माण गर्न थालिएको छ। प्रभुचेला धुरी प्रवद्र्धन समाज विमका अध्यक्ष नवीन जुग्जालीले यो ठाउँको ऐतिहासिक पक्षको अध्ययन र संरक्षण गरेर खर्कबाट पर्यटकीय गन्तव्यमा परिणत गरिएको बताए।

पर्यटकको रोजाइमा रुप्से झरना

साथीहरुसँग मुस्ताङ घुम्न निस्किएका बेनीका गोपाल पौडेलको दस जनाको समूह बिहीबार दिउँसो करिब एक घण्टा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ रुप्से झरना र अन्धगल्छी क्षेत्रमै भुल्यो।

मानुङकोटमा पर्यटकको चहलपहल

पछिल्लो केही वर्षदेखि चर्चामा रहेको तनहुँको व्यास नगरपालिका–५ स्थित मानुङकोटमा पर्यटकको चहलपहल बढ्न थालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्