१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

पर्यटनमन्त्रीको दाबीः देशको पर्यटन क्षेत्र पुरानो लयमा फर्कियो

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले देशको पर्यटन क्षेत्र पुरानो लयमा फर्किएको दाबी गरेका छन्।आज मन्त्रालयमा सरकारको वर्ष दिन पुगेको अवसरमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन।

उनले आफू मन्त्री भइसकेपछि करिव १० लाखको हाराहारीमा विदेशी पर्यटक नेपाल आइसकेको बताए।उनले आफू मन्त्री भइसकेपछि एक महिनामा इ टिकेटिङ लागू गरेको र अहिले दुर्गम क्षेत्रहरुमा उडाउन तीन वटा जहाज खरिद प्रक्रियामा अघि बढिरहेको बताए।उनले १२ वर्षदेखि बिग्रिएर बसेको एउटा ट्विनअटर जहाजलाई पुनः मर्मत गरी सञ्चालन गर्न लागिएको र योसँगै ६ वटा जहाज हुने बताए।

उनले हवाई उडान हुन नसकेको २२ वटा खालि एयरपोर्टहरुमा सहज ढंगले सञ्चालन गर्ने काममा पनि आफू सफल भएको बताए।मन्त्री किराँतीले पशुपति क्षेत्रमा अहिले निःशुल्क शव दहन गर्नेगरी विद्युतीय मेसिन जडान कार्य अन्तिम चरणमा पु¥याएको बताए।उनले लुम्बिनी क्षेत्रको तिलौराकोटलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्न अन्तिम बिन्दुमा पुग्न आफू सफल भएको पनि बताए।

प्रकाशित: १० पुस २०८० १३:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App