बाबुराम भट्टराईद्वारा गोरखामा मतदान
भट्टराईले बिहीबार बिहान ९ः१५ बजे गोरखा जिल्लाको पालुङटार नगरपालिका–१ स्थित अन्नपूर्ण माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका हुन्।
भट्टराईले बिहीबार बिहान ९ः१५ बजे गोरखा जिल्लाको पालुङटार नगरपालिका–१ स्थित अन्नपूर्ण माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका हुन्।
जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत आज बिहान ७ बजेदेखि उत्साहजनक रूपमा मतदान जारी छ।
नेपाली कांग्रेसका सभापति एवं सर्लाही क्षेत्र नम्बर-४ का उम्मेदवार गगन थापाले मुलुकलाई वेगमा मात्र नभई सुझबुझपूर्ण ढंगले अघि बढाउने बताएका छन्।
सरकारको पहिलो म्यान्डेट नै फागुन २१ भित्र निर्वाचन गराउनु थियो। सोही अनुसार आज देशभर निर्वाचन आयोगको व्यवस्थापनमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान भइरहेको छ। देशभर शान्तिपूर्ण रूपमा मतदान भइरहँदा आन्दोलनमा सक्रिय जेनजी अभियन्ताहरूले खुसी व्यक्त गरेका छन्।
मन्त्री अर्याल, सुरक्षा निकायका प्रमुख र गृहमन्त्रालयका उच्च अधिकारीको टोलीले गृह मन्त्रालयको ‘कन्ट्रोल रूम’मा बसी सबै निर्वाचन क्षेत्रहरुको मनिटर गरिरहेको गृहमन्त्रीका निजी सचिव पर्शुराम पोखरेलले जानकारी दिए।
काठमाडौं महानगरपालिकाकी कार्यबाहक मेयर सुनिता डंगोलले मतदान गरेकी छन्।
उनले सबै सरोकारवाला मतदाता, राजनीतिक दल र उम्मेदवारलाई उत्साहजनक र शान्तिपूर्ण मतदानमा सहयोग गर्न आह्वान गरेका छन्। मतदान सम्पन्न भएलगतै मतपेटिका संकलनपछि मतगणना गरिने उनले जानकारी गराए।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदानका लागि मतदाताको उत्साहजनक सहभागिता देखिएको छ।
नेपाली कांग्रेसका सभापति एवं सर्लाही क्षेत्र नम्बर-४ का उम्मेदवार गगन थापाले आफ्नो निर्वाचन क्षेत्रमा भएको झडप सामान्य रहेको बताएका छन्। काठमाडौं क्षेत्र नम्बर-४ मा मतदान गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन्।
जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेले हवाई फायर भएको पुष्टि गरे।
बिहान ७ बजेदेखि सुरु भएको मतदान शान्तिपूर्ण रूपमा भइरहेको छ भने अधिकांश मतदान केन्द्रमा मतदाताको सहभागिता क्रमशः बढ्दै गएको जनाएको छ।
इलाम क्षेत्र १ का कांग्रेस उम्मेदवार निस्कल राईले सूर्योदय ४ को जनक मावि केन्द्रमा र एमाले उम्मेदवार काजीमान कागतेले सूर्योदय ८ को सिद्धि आवि केन्द्रबाट मतदान गरेका छन्।
बस्ती स्थानान्तरणको माग गर्दै आन्दोलनरत बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत मध्यवर्ती क्षेत्रमा पर्ने दाङका स्थानीयले मतदान बहिष्कार गरेका छन्।
काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा उत्साहका साथ शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ।
'निर्वाचन शान्तिपूर्ण तरिकाले सुरु भएको छ, मतदाताहरू नजिकका केन्द्रमा पुगेर मतदान गरिरहनु भएको छ,' उनले नागरिकसँग भने। मुख्य निर्वाचन अधिकृत दाहालका अनुसार मतदान बेलुका ५ बजेसम्म चल्नेछ।