नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्र सिहं ऐरी आईसीसी टी-२० अलराउन्डर वरियातामा यथावत स्थानमा छन्। बुधबार आईसीसीले सार्वजनिक गरेको वरीयता अनुसार दीपेन्द्र चौथौ स्थानमा यथावत रहेका छन्।
टी-२० अलराउन्डर वरीयतामा जिम्बाबेका सिकन्दर राजा शीर्ष स्थानमा यथावत छन्। त्यस्तैगरी भारतका हार्दिक पान्डेया दोस्रो स्थानमा रहँदा पाकिस्तानका सयम अयबु तेस्रो स्थानमा यथावत रहेका छन् भने अफगास्तिानाका अज्मतुल्लाह ओमरजाई पाँचाै स्थानमा यथावत रहेका छन्।
त्यस्तै, नेपालका कुशल भुर्तेल वरियाताको २४ औँ स्थानमा यथावत छन्।
प्रकाशित: ११ चैत्र २०८२ १४:३७ बुधबार





