अखिल नेपाल फुटबल संघ (एन्फा) ले फिफा सिरिज-२०२६ का लागि ३२ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको छ।
यस सिरिजअन्तर्गत नेपाल र थाइल्यान्डबीच दुईवटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुनेछन्। एन्फाका अनुसार दुवै मैत्रीपूर्ण खेल थाइल्यान्डमै आयोजना हुनेछन्।
घुँडाको शल्यक्रिया गराएकी नेपाली राष्ट्रिय महिला टोलीकी स्टार फरवार्ड तथा कप्तान सावित्रा भण्डारी ‘साम्बा’ भने यसपटक मैदानबाहिर रहने छिन्।
बुधबार सार्वजनिक गरिएको प्रारम्भिक क्याम्पको सूचीमा साम्बाको अनुपस्थितिमा अन्य नियमित खेलाडीलाई समेटिएको छ।
एन्फाले बन्द प्रशिक्षणका लागि बोलाएका ३२ खेलाडीको सूची

प्रकाशित: ११ चैत्र २०८२ १५:१९ बुधबार



-600x400.jpg)

