२१ आश्विन २०८१ सोमबार
image/svg+xml

पर्यटन क्षेत्रको गुनासोः बैंकको ब्याज दोब्बर भयो, तिर्न सक्दैनौ

निक्षेप र कर्जाको ब्याजदर वृद्धि गर्ने बैंक तथा वित्तीय संस्थाको निर्णयप्रति यहाँका पर्यटन व्यवसायीले आपत्ति जनाएका छन्। कोरोना भाइरस महामारीकोको मारबाट उक्लिने प्रयासमा रहिरहँदा वित्तीय क्षेत्रले ब्याजदर बढाउँदा सकस परेको व्यवसायीको गुनासो छ। ब्याजदर वृद्धिले नयाँ लगानीकर्तालाई समेत प्रभावित र हतोत्साही बनाउने अवस्था आएको व्यवसायीले बताए।

राजमार्ग विस्तारले यात्रुलाई सास्ती

पृथ्वी राजमार्गअन्तर्गतको मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत यात्रा गर्ने साना तथा दुईपाङ्ग्रे सवारीसाधानले सास्ती खेप्नुपरेको छ। ठूला सवारी साधनका कारण यस मार्गमा यात्रा गर्ने दुईपाङ्ग्रे तथा साना सवारी साधनलाई यात्रामा थप सास्ती भएको हो।

फेवाको किनारबाट रङकर्मीले देखे ‘प्योर प्रकृति’

विश्वमै ख्यातिप्राप्त पर्यटकीय नगरी पोखरा, अनि यसको मुटु फेवातालका किनारमा पर्यटकको चहलपहल थियो।

निर्माण व्यवसायीलाई पोखरा महानगरको निर्देशन: संरचना बनाउँदा वैधता र मापदण्ड हेर्नू

पोखरा महानगरपालिकाले भौतिक संरचना निर्माण गर्दा ती संरचनाको वैधता र मापदण्ड हेर्न निर्माण व्यवसायीलाई निर्देशन दिएको छ। कतिपय संरचना सार्वजनिक जग्गा मिचेर बन्ने भएकोले त्यो नियन्त्रण गर्न निर्माण व्यवसायीलाई सचेत गराएको महानगरले बताएको छ।

पोखरा विश्वविद्यालयः नयाँलाई सम्बन्धन दिन खोज्दा आन्दोलन

उनी भन्छन्, ‘बेला न कुबेला, धौबजी मेला’ भनेको यहि हो। विश्वविद्यालयमा देखिएको समस्या समाधान गर्नुको सट्टा थप सम्बन्धन बाँडनुको कुनै औचित्य छैन।’ थप सम्बन्धन बाँडेर विश्वविद्यालयलाई के फाईदा हुन्छ? भन्ने प्रश्न गर्दै उनले भने, यसमा ओपेनको हस्तक्षेप प्रष्ट देखिन्छ। भिसी र रजिस्टार आर्थिक प्रलोभनमा परेको पनि प्रष्टै छ।’

मुग्लिङ–पोखरा सडक विस्तार: तनहुँ खण्डमा भौतिक प्रगति न्यून

मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत तनहुँ खण्डलाई दुई भागमा विभाजन गरी काम गरिएको छ। पूर्वी खण्डअन्तर्गत मुग्लिनबाट जामुनेसम्मको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो।

डेंगीबाट तंग्रिँदै पोखरा

तीन वर्षअघि डेंगीले पोखरा क्षेत्रमा हायलकायल पार्‍यो। डेंगी नियन्त्रणका लागि त्यो बेला निकै मेहनत गर्नुपरेको थियो।

पोखरा महानगरले हटायो पुराना संरचना

‘पृथ्वीचोकको भवनमा भुइँ तलामा सूचना केन्द्र हुन्छ, बीचको तलामा पुस्तकालय रहनेछ। त्यो भन्दा माथि आर्ट ग्यालरी हुन्छ र त्यो भन्दा माथि घण्टाघर हुन्छ। त्यो भवन नबन्दासम्म पुस्तकालय र आर्ट ग्यालरीलाई अर्को स्थानमा व्यवस्थापन गर्ने योजना बनाएका छौं,’

पोखराको आर्ट ग्यालरी र पुस्तकालयमा चल्यो महानगरको डोजर

पोखराको महेन्द्रपुलस्थित पोखरा आर्ट ग्यालरी र पुस्तकालयमा महानगरपालिकाले डोजर चलाएको छ।

डेंगीः तीनवर्ष अघि पोखरालाई अत्याउँदा घरघरमा पुगेर लामखुट्टे मारिएको थियो

तीनवर्ष अघि डेंगीले पोखरा क्षेत्रमा हायलकायल पा¥यो। डेंगी नियन्त्रणका लागि त्यो बेला यहाँ निकै नै ठुलै मेहनत गर्नुपरेको थियो। त्यो वर्ष पोखरामा मात्र करिब २ हजार जनामा यो संक्रमण भएको थियो। त्यतिखेर पोखरामा फैलिएजस्तै अहिले डेंगीले राजधानी काठमाडौं सहित तराइका जिल्लामा अत्याएको छ। तर, यतिबेला पोखरामा भने डेंगीका बिरामी छैनन्। केहीदिन अघिसम्मका सिमित बिरामी पनि निको भईसकेका छन्।

पोखरा उद्योग बाणिज्य संघः नेतृत्व लिन प्रजापति र पोखरेल बीच प्रतिस्पर्धा

पोखराकै जेठो व्यवसायिक संस्था पोखरा उद्योग वाणिज्य संघ ३४औं महाधिवेशनको संघारमा छ। महाधिवेशनको संघारमा रहँदा उद्योग व्यवसायीलाई चुनावी सरगर्मीले छोईसकेको छ। अध्यक्षका प्रत्यासीहरु घरदैलो अभियानमा छन्। आफ्नो पक्षमा मत माग्न व्यस्त छन्।

मुस्ताङको गुनासोः खानाको पैसा तिर्छाैं, सित्तैमा कोठा देउ भन्ने विदेशीबाट पर्यटन प्रवर्द्धन हुँदैन

पछिल्लो समय मुस्ताङले पर्यटक टिकाउन सकेको छैन। मुस्ताङ उक्लेका पर्यटकको बसाई अवधि निकै नै कम हुने गरेको छ। अझ मुक्तिनाथ दर्शन गर्न पुगेका धार्मिक पर्यटकको बसाई त झनै कम हुने गरेको छ माथिल्लो क्षेत्रमा पुगेका बाहेक धार्मिक पर्यटकको बसाई अवधि मुस्ताङमा बढीमा एकरात मात्र हुने गरेको त्यहाँका स्थानीयको भनाई छ।

इन्जिनमा समस्या आएपछि उडेको ७ मिनेटमै समिटको जहाज अवतरण

इन्जिनमा समस्या आएको भन्दै पोखरा विमानस्थलबाट मुस्ताङका लागि उडेको समिट एयरको जहाज उडेको ७ मिनेटमै अवतरण गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्