५ आश्विन २०८१ शनिबार
image/svg+xml

द्वन्द्वउन्मुख देश

संसद्को रोस्टममा उभिएर प्रतिपक्षको तेजोबध गर्दै विश्वासको मत प्राप्त गर्नुलाई प्रचण्डको त्यो केवल दम्भ, अहंकारी प्रवृत्तिबाहेक बहादुरीपन मान्न सकिँदैन।

सत्ता–हैकममा संसद्

संसद्लाई यतिबेला जसरी सञ्चालन गरिँदैछ, त्यसले एउटा गम्भीर अवस्थातर्फ मुलुक उन्मुख रहेको संकेत गरिरहेको छ। मुलुककै सबैभन्दा ठूलो दल नेपाली कांग्रेस यतिबेला प्रमुख प्रतिपक्षी बेन्चमा रहेको छ।

कांग्रेसलाई लगाइएको अलोकतान्त्रिकको आरोप सैह्य छैन: विश्वप्रकाश शर्मा

सङ्घीय संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारीमा लाखौँको सङ्ख्यामा रहेका बचतकर्ताको अर्बौ रकम फिर्ता गराई न्याय दिलाउन दबाब दिने उद्देश्यले आज काठमाडौंमा विरोध प्रदर्शन गरेको छ।

प्रतिनिधि सभामा कांग्रेसको नाराबाजी कायमै, सहकारी ठगीमा छानबिन समिति गठन हुनु पर्ने राप्रपाको माग

राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि प्रतिनिधि सभामा सहकारी ठगी प्रकरणमा छानबिन समिति गठनको माग गरेको छ ।

कार्यादेशमा सत्तारुढ र प्रतिपक्षी दल सहमति नजिक, आज शिर्ष नेताहरूबीच छलफल

सहकारीको रकम अपचलनबारे छानबिन गर्ने संसदीय समितिको कार्यादेशमा सत्तारुढ र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहमति नजिक पुगेपछि आज शिर्ष नेताहरूबीच छलफ हुन लागेको छ।

कांग्रेसले प्रधानमन्त्रीसँग माग्यो सिरोहिया पक्राउ र गृहमन्त्रीको अभिव्यक्तिबारे जवाफ

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउको बारेमा प्रधानमन्त्रीसँग जवाफ माग गरेको छ।

सभामुखले प्रतिपक्षलाई बोल्न दिएनन्, सवाल–जवाफमा सात मिनेट खर्च

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठक दश मिनेट चलेर स्थगित भएको छ, जसमध्ये सात मिनेट सभामुख र कांग्रेस सांसदहरूबीच सवाल जवाफ नै चल्यो ।

कार्यादेश बनाउने जिम्मेवारी पाएको कार्यदलको बैठक सुरु

बिहान ९ बजे बस्ने भनिएको बैठक निर्धारित समयभन्दा एकघन्टा ढिलो गरी केहीबेर अघि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सुरु भएको हो।

संसद बैठक बस्दै, प्रतिपक्षीको अवरोधकाबीच आजै नीति तथा कार्यक्रम पास गर्ने तयारी

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका अन्य विपक्षी दलहरूको लगातारका अवरोधका कारण सहज रुपमा चल्न नसकेको संसदको आजको बैठकमा सरकारले नीति तथा कार्यक्रम पारित गर्ने तयारी गरेको छ।

कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक सुरु

सहकारी ठगी प्रकरणमा गठन गर्ने भनिएको संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुङ्गो लगाउन गठित कार्यदलको बैठक सुरु भएको छ । बैठक कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सुरु भएको हो ।

कांग्रेस केन्द्रीय समिति र ससंदीय दलको संयुक्त बैठक बस्दै

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय दलको संयुक्त बैठक आज बस्दै छ।

गृहमन्त्री लामिछानेको सम्पत्ति: करिब ८० तोला सुन, १ रोपनी ६ आना जग्गा

सार्वजनिक विवरणमा गृहमन्त्री लामिछानेको १ रोपनी ६ आना जग्गा र करिब ८० तोला सुन रहेको उल्लेख गरिएको छ।

आफ्ना नेतामाथि लगाएको आरोप निराधार भए गृहमन्त्रीलाई संसद्‍बाट गलहत्याउने कांग्रेसको चुनौती

नेपाली कांगेसले संसदमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गत आइतबार दिएको अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउन माग गरेको छ ।

दलीय घेराबन्दीमा संसद्, मंगलबारको बैठक अझै सुरु भएन

प्रतिनिधि सभाको मंगलबारका लागि बोलाइएको बैठक अझै सुरु हुन सकेको छैन । बिहान ११ बजे बस्ने तयारी भएको बैठक सहमतिका लागि सभामुख देवराज घिमिरेले पहल जारी राखेपछि सुरु हुन नसकेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्